Psalm 140:7 हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
Psalm 140:7 in Other Translations
King James Version (KJV) O GOD the Lord, the strength of my salvation, thou hast covered my head in the day of battle.
American Standard Version (ASV) O Jehovah the Lord, the strength of my salvation, Thou hast covered my head in the day of battle.
Bible in Basic English (BBE) O Lord God, the strength of my salvation, you have been a cover over my head in the day of the fight.
Darby English Bible (DBY) Jehovah, the Lord, is the strength of my salvation: thou hast covered my head in the day of battle.
World English Bible (WEB) Yahweh, the Lord, the strength of my salvation, You have covered my head in the day of battle.
Young's Literal Translation (YLT) O Jehovah, my Lord, strength of my salvation, Thou hast covered my head in the day of armour.
Read Full Chapter :
Psalm 140
Cross Reference
भजनसंग्रह 144:10
परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
1 शमूएल 17:36
मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ।
1 शमूएल 17:45
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
2 शमूएल 8:6
त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।
2 शमूएल 8:14
दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता ततै विजय दिलाउनु भयो।
भजनसंग्रह 18:1
उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”
भजनसंग्रह 18:35
परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
भजनसंग्रह 27:1
हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।
व्यवस्था 33:27
परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
भजनसंग्रह 59:17
म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किन? किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
भजनसंग्रह 62:2
मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।
भजनसंग्रह 62:7
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ।
भजनसंग्रह 89:26
त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
भजनसंग्रह 95:1
आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।
यशैया 12:2
परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
भजनसंग्रह 28:7
परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।