Romans 4:15 किन? किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।
Romans 4:15 in Other Translations
King James Version (KJV) Because the law worketh wrath: for where no law is, there is no transgression.
American Standard Version (ASV) for the law worketh wrath; but where there is no law, neither is there transgression.
Bible in Basic English (BBE) For the outcome of the law is wrath; but where there is no law it will not be broken.
Darby English Bible (DBY) For law works wrath; but where no law is neither [is there] transgression.
World English Bible (WEB) For the law works wrath, for where there is no law, neither is there disobedience.
Young's Literal Translation (YLT) for the law doth work wrath; for where law is not, neither `is' transgression.
the
ὁ
ho
oh
Because
γὰρ
gar
gahr
law
νόμος
nomos
NOH-mose
wrath:
ὀργὴν
orgē
ore-GAY
worketh
κατεργάζεται·
katergazomai
ka-tare-GA-zoh-may
where
οὗ
hou
oo
for
γὰρ
gar
gahr
no
οὐκ
ou
oo
is,
ἔστιν
esti
ay-STEE
law
νόμος
nomos
NOH-mose
no
οὐδὲ
oude
oo-THAY
transgression.
παράβασις
parabasis
pa-RA-va-sees
Read Full Chapter :
Romans 4
Cross Reference
1 कोरिन्थी 15:56
मृत्युको बिषदन्त नै पाप हो। अनि पापको शक्ति नियम हो।
रोमी 5:13
मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहरयाउनु हुने थिएन।
गलाती 3:10
तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”
1 यूहन्ना 3:4
जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।
रोमी 3:19
हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।
रोमी 7:7
हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।”
गलाती 3:19
त्यसो हो भने व्यवस्था किन आवश्यक परयौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउञ्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे।
यूहन्ना 15:22
यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।
यूहन्ना 3:36
जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”
प्रेरित 17:30
त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”
रोमी 1:17
सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ उ अनन्त सम्म बाँच्नेछ।”
रोमी 2:12
जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ।
रोमी 5:20
पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।
2 कोरिन्थी 3:7
मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनष्ठ्वुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो।
एफिसी 5:6
मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।
रोमी 2:5
तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफै प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।
गन्ती 32:14
हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।
व्यवस्था 29:20
परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।
2 राजा 22:13
राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमना सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किन? किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।”
यर्मिया 4:8
यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
विलाप 2:22
तपाईंले चारैतिरबाट मकहाँ आतङकलाई निम्ताउनु भयो। तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै गरेर निम्ताउनु भयो। कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट बाँच्न सकेन जसलाई हुर्काइ बढाई गरेकी थिएँ मेरा शत्रुहरूले तिनीहरूलाई मारे।
इजकिएल 7:19
तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।
सपन्याह 1:18
जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”
कलस्सी 3:6
यस्ता कुराहरूले आज्ञ नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।
प्रकाश 19:15
घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।
प्रकाश 6:16
मानिसहरुले पर्वत अनि चट्टानहरुलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडाको पाठाको क्रोधबाट बचाऊ।