Proverbs 28:16 जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।
Proverbs 28:16 in Other Translations
King James Version (KJV) The prince that wanteth understanding is also a great oppressor: but he that hateth covetousness shall prolong his days.
American Standard Version (ASV) The prince that lacketh understanding is also a great oppressor; `But' he that hateth covetousness shall prolong his days.
Bible in Basic English (BBE) The prince who has no sense is a cruel ruler; but he who has no desire to get profit for himself will have long life.
Darby English Bible (DBY) The prince void of intelligence is also a great oppressor: he that hateth covetousness shall prolong [his] days.
World English Bible (WEB) A tyrannical ruler lacks judgment. One who hates ill-gotten gain will have long days.
Young's Literal Translation (YLT) A leader lacking understanding multiplieth oppressions, Whoso is hating dishonest gain prolongeth days.
Read Full Chapter :
Proverbs 28
Cross Reference
यशैया 3:12
युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।
1 राजा 12:10
राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ।
1 राजा 12:14
उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।”
नहेम्याह 5:15
पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।
प्रस्थान 18:21
तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।
यशैया 33:15
असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्-तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्।
यर्मिया 22:15
देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।
आमोस 4:1
हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ,“हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”
उपदेशक 4:1
मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।