Mark 8:11 फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।
Mark 8:11 in Other Translations
King James Version (KJV) And the Pharisees came forth, and began to question with him, seeking of him a sign from heaven, tempting him.
American Standard Version (ASV) And the Pharisees came forth, and began to question with him, seeking of him a sign from heaven, trying him.
Bible in Basic English (BBE) And the Pharisees came out and put questions to him, requesting from him a sign from heaven, testing him.
Darby English Bible (DBY) And the Pharisees went out and began to dispute against him, seeking from him a sign from heaven, tempting him.
World English Bible (WEB) The Pharisees came out and began to question him, seeking from him a sign from heaven, and testing him.
Young's Literal Translation (YLT) and the Pharisees came forth, and began to dispute with him, seeking from him a sign from the heaven, tempting him;
And
Καὶ
kai
kay
came forth,
ἐξῆλθον
exerchomai
ayks-ARE-hoh-may
the
οἱ
ho
oh
Pharisees
Φαρισαῖοι
pharisaios
fa-ree-SAY-ose
and
καὶ
kai
kay
began
ἤρξαντο
archomai
AR-hoh-may
to question
συζητεῖν
syzēteō
syoo-zay-TAY-oh
with him,
αὐτῷ
autos
af-TOSE
seeking
ζητοῦντες
zēteō
zay-TAY-oh
of
παρ'
para
pa-RA
him
αὐτοῦ
autos
af-TOSE
a sign
σημεῖον
sēmeion
say-MEE-one
from
ἀπὸ
apo
ah-POH
τοῦ
ho
oh
heaven,
οὐρανοῦ
ouranos
oo-ra-NOSE
tempting
πειράζοντες
peirazō
pee-RA-zoh
him.
αὐτόν
autos
af-TOSE
Read Full Chapter :
Mark 8
Cross Reference
मत्ती 12:38
तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, ‘गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।’
लूका 11:16
अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए।
व्यवस्था 6:16
“तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।
मलाकी 3:15
“हामीले सोच्यौ अहंकारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।
मत्ती 16:1
फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
मत्ती 19:3
केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।
मत्ती 21:23
येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
मत्ती 22:15
तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।
मत्ती 22:18
तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझी हाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?
मत्ती 22:23
त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे;
मत्ती 22:34
येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए।
मर्कूस 2:16
केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू संग खाना खानु भएको हौ?”
प्रस्थान 17:2
यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”
मर्कूस 12:15
तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”
लूका 10:25
त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
लूका 11:53
जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।
लूका 12:54
येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
यूहन्ना 4:48
येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
यूहन्ना 6:30
तब मानिसहरूले सोधे, तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौंै भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ?
यूहन्ना 7:48
अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन!
प्रेरित 5:9
पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”
1 कोरिन्थी 1:22
यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्।
1 कोरिन्थी 10:9
जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।
मर्कूस 7:1
फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए।
प्रस्थान 17:7
मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।