Isaiah 41:4 कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म, परमप्रभुले, यी कुराहरू गरे। म, परमप्रभु नै प्रथम मानिस हुँ, अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
Isaiah 41:4 in Other Translations
King James Version (KJV) Who hath wrought and done it, calling the generations from the beginning? I the LORD, the first, and with the last; I am he.
American Standard Version (ASV) Who hath wrought and done it, calling the generations from the beginning? I, Jehovah, the first, and with the last, I am he.
Bible in Basic English (BBE) Whose purpose and work was it? His who sent out the generations from the start. I the Lord, the first, and with the last, I am he.
Darby English Bible (DBY) Who hath wrought and done [it], calling the generations from the beginning? I, Jehovah, the first; and with the last, I [am] HE.
World English Bible (WEB) Who has worked and done it, calling the generations from the beginning? I, Yahweh, the first, and with the last, I am he.
Young's Literal Translation (YLT) Who hath wrought and done, Calling the generations from the first? I, Jehovah, the first, and with the last I `am' He.
Read Full Chapter :
Isaiah 41
Cross Reference
प्रकाश 22:13
मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ, प्रारम्भ अनि अन्त हुँ।
प्रकाश 1:17
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
यशैया 41:26
यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो? हामीले उनलाई परमेश्वर भनेर घोषणा गर्नुपर्छ। के तिमीहरूको एउटै मूर्तिले यी कुराहरूको विषय भन्यो र? अहँ। ती कुनै पनि मूर्तिहरूले हामीलाई केही पनि भनेनन्। ती मूर्तिहरूले एउटा शब्द पनि भनेनन् अनि ती झुटा देवताहरूले तिमीले भनेका शब्दहरू सुन्न सक्तैनन्।
यशैया 46:10
“शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।
यशैया 48:12
“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ र म अन्त हुँ।
यशैया 43:10
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।
प्रकाश 1:8
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगाहुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
यशैया 44:6
परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।
व्यवस्था 32:7
उहिले नै के भएको थियो सम्झना गर, धेरै-धेरै वर्षअघि भएका कुराहरू सम्झना गर। तिमीहरूका पितालाई सोध तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
प्रकाश 1:11
त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
यशैया 40:12
कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।
प्रकाश 2:8
उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।
यशैया 40:26
माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”
यशैया 42:24
याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।
यशैया 46:3
“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।
यशैया 48:3
“जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ। मैले ती कुराहरूको बारेमा भनेको थिएँ। अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ।
मत्ती 1:23
“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
मत्ती 28:20
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
प्रेरित 15:18
ती चीजहरू प्रारम्भको कालदेखि नै जानिएको हो।’
प्रेरित 17:26
अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।