Revelation 1:17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
Revelation 1:17 in Other Translations
King James Version (KJV) And when I saw him, I fell at his feet as dead. And he laid his right hand upon me, saying unto me, Fear not; I am the first and the last:
American Standard Version (ASV) And when I saw him, I fell at his feet as one dead. And he laid his right hand upon me, saying, Fear not; I am the first and the last,
Bible in Basic English (BBE) And when I saw him, I went down on my face at his feet as one dead. And he put his right hand on me, saying, Have no fear; I am the first and the last and the Living one;
Darby English Bible (DBY) And when I saw him I fell at his feet as dead; and he laid his right hand upon me, saying, Fear not; *I* am the first and the last,
World English Bible (WEB) When I saw him, I fell at his feet like a dead man. He laid his right hand on me, saying, "Don't be afraid. I am the first and the last,
Young's Literal Translation (YLT) And when I saw him, I did fall at his feet as dead, and he placed his right hand upon me, saying to me, `Be not afraid; I am the First and the Last,
And
Καὶ
kai
kay
when
ὅτε
hote
OH-tay
I saw
εἶδον
eidō
EE-thoh
him,
αὐτόν
autos
af-TOSE
I fell
ἔπεσα
piptō
PEE-ptoh
at
πρὸς
pros
prose
τοὺς
ho
oh
feet
πόδας
pous
poos
his
αὐτοῦ
autos
af-TOSE
as
ὡς
hōs
ose
dead.
νεκρός
nekros
nay-KROSE
And
καὶ
kai
kay
he laid
ἐπέθηκεν
epitithēmi
ay-pee-TEE-thay-mee
τὴν
ho
oh
right
δεξιὰν
dexios
thay-ksee-OSE
his
αὐτοῦ
autos
af-TOSE
hand
χεῖρα
cheir
heer
upon
ἐπ'
epi
ay-PEE
me,
ἐμὲ
eme
ay-MAY
saying
λέγων,
legō
LAY-goh
unto me,
μοι,
moi
moo
not;
Μὴ
mē
may
Fear
φοβοῦ·
phobeō
foh-VAY-oh
I
ἐγώ
egō
ay-GOH
am
εἰμι
eimi
ee-MEE
the
ὁ
ho
oh
first
πρῶτος
prōtos
PROH-tose
and
καὶ
kai
kay
the
ὁ
ho
oh
last:
ἔσχατος
eschatos
A-ska-tose
Read Full Chapter :
Revelation 1
Cross Reference
यशैया 44:6
परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।
प्रकाश 22:13
मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ, प्रारम्भ अनि अन्त हुँ।
यशैया 48:12
“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ र म अन्त हुँ।
यशैया 41:4
कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म, परमप्रभुले, यी कुराहरू गरे। म, परमप्रभु नै प्रथम मानिस हुँ, अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
दानियल 8:17
त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”
प्रकाश 2:8
उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।
दानियल 10:8
अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।
प्रकाश 1:8
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगाहुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
मत्ती 17:2
तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो।
मर्कूस 16:5
तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।
दानियल 10:15
“जब उनले मलाई त्यसो भने, म बोल्न सकिन अनि आफ्नो अनुहार भुइँतिर निहुँराएँ।
उत्पत्ति 15:1
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
यशैया 41:10
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
इजकिएल 1:28
त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूँईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।
दानियल 10:12
त्यसपछि फेरि ऊ बोल्यो, ‘नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु।
दानियल 10:17
महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।’
प्रस्थान 14:13
तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।
प्रकाश 1:11
त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
यूहन्ना 21:20
पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशूलाई प्रेम गर्थे उहाँको पछि हिड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसिएर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?”
लूका 24:37
तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
मत्ती 28:4
ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
प्रस्थान 20:20
तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”