2 Timothy 1:13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुसरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुसरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्।
2 Timothy 1:13 in Other Translations
King James Version (KJV) Hold fast the form of sound words, which thou hast heard of me, in faith and love which is in Christ Jesus.
American Standard Version (ASV) Hold the pattern of sound words which thou hast heard from me, in faith and love which is in Christ Jesus.
Bible in Basic English (BBE) Keep the form of those true words which you had from me, in faith and love which is in Christ Jesus.
Darby English Bible (DBY) Have an outline of sound words, which [words] thou hast heard of me, in faith and love which [are] in Christ Jesus.
World English Bible (WEB) Hold the pattern of sound words which you have heard from me, in faith and love which is in Christ Jesus.
Young's Literal Translation (YLT) The pattern hold thou of sound words, which from me thou didst hear, in faith and love that `is' in Christ Jesus;
the form
ὑποτύπωσιν
hypotypōsis
yoo-poh-TYOO-poh-sees
Hold fast
ἔχε
echō
A-hoh
of sound
ὑγιαινόντων
hygiainō
yoo-gee-A-noh
words,
λόγων
logos
LOH-gose
which
ὧν
hos
ose
of
παρ'
para
pa-RA
me,
ἐμοῦ
emou
ay-MOO
thou hast heard
ἤκουσας
akouō
ah-KOO-oh
in
ἐν
en
ane
faith
πίστει
pistis
PEE-stees
and
καὶ
kai
kay
love
ἀγάπῃ
agapē
ah-GA-pay
which is
τῇ
ho
oh
in
ἐν
en
ane
Christ
Χριστῷ
christos
hree-STOSE
Jesus.
Ἰησοῦ·
iēsous
ee-ay-SOOS
Read Full Chapter :
2 Timothy 1
Cross Reference
तीतस 1:9
धर्मगुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
2 तिमोथी 3:14
तिमीले सिकेका शिक्षालाई तिमीले अनुसरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोशा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन।
2 तिमोथी 2:2
मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
1 तिमोथी 1:14
तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।
रोमी 6:17
विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्यौ जुन तिमीहरूलाई दिइयो।
फिलिप्पी 4:9
जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर!ख्रीष्टिय धर्मी फिलिप्पीहरूलाई पावलबाट धन्यवाद
रोमी 2:20
तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौ र सबै सत्य तिमीहरूसँगै छ।
1 तिमोथी 6:3
कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।
तीतस 2:1
तर, तिमीले मानिसहरूलाई साँचो शिक्षाकोअनुसरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ।
यहूदा 1:3
प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।
प्रकाश 3:3
यसर्थ तिमीहरुले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्त्तन गर। तिमीहरु व्यूँझर उठ नत्र म तिमीहरुकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरुले थाहा पाउने छैनौं।
प्रकाश 3:11
“म चाँडै आउँदैछु। तिमीहरु अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरुको मुकुट खोस्ने छैन।
हितोपदेश 23:23
सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।
फिलिप्पी 1:27
होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढदैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।
1 तिमोथी 1:10
जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
1 थिस्सलोनिकी 5:21
हरेक कुरालाई जाँच र असल जति राख।
हितोपदेश 3:21
हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।
हितोपदेश 4:13
अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
2 तिमोथी 1:14
तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
तीतस 2:8
जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफै लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
हिब्रू 4:14
हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।
हिब्रू 10:23
हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
प्रकाश 2:25
म नआएसम्म तिमीहरु यही तरीकामा बस।
हितोपदेश 3:18
ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।
हितोपदेश 4:4
अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
हितोपदेश 8:14
मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसंग समझशक्ति अनि सामर्थ्य छन्।
हिब्रू 3:6
तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
कलस्सी 1:4
हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।