Cross Reference
Revelation 11:19
त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
Revelation 12:3
त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरु थियो।
Song Of Solomon 6:10
ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।
Isaiah 49:14
तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो, मेरो मालिकले मलाई भुल्नु भयो।”
Isaiah 54:5
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
Isaiah 60:1
“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
Isaiah 60:19
“घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
Isaiah 62:3
परमप्रभुले तिमीलाई देखेर अत्यन्त र्गवित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।
Zechariah 9:16
त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई गोठालोले आफ्ना भेडाहरू बचाए झैं बचाउँनु हुनेछ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
Malachi 4:2
“तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूर्ति ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझैं तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ।
Matthew 24:30
“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।
Mark 13:25
आकाशबाट तारहरू झर्नेछन् अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्
Luke 21:11
ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घटनाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
Luke 21:25
“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।
Acts 2:19
म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
Ephesians 5:32
यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डीसित छ।
Revelation 15:1
तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरु थिए। ती अन्तिम विपत्तीहरु थिए। किनभने यी विपत्तीहरु पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।
2 Chronicles 32:31
एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
Psalm 84:11
परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
Psalm 104:2
तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्। तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
Revelation 21:23
नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंडाको पाठा नगरको बत्ती हो।
Isaiah 61:10
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
2 Corinthians 11:2
मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।
Galatians 3:27
तिमीहरू सबै ख्रीष्टमा बप्तिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौ।
Galatians 6:14
म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।
Ephesians 5:25
पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।
Titus 2:11
हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
Revelation 1:20
तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।
Revelation 21:14
नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरुमा भेंडाको पाठाको बाह्र-प्रेरितहरुको नाउँ लेखिएको थियो।
Hosea 2:19
अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।
John 3:29
बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म संग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।
Romans 3:22
परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।
Matthew 12:38
तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, ‘गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।’
Romans 13:14
त्यसको सट्टामा आफूले प्रभु येसू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।