Proverbs 6:29 जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
Proverbs 6:29 in Other Translations
King James Version (KJV) So he that goeth in to his neighbour's wife; whosoever toucheth her shall not be innocent.
American Standard Version (ASV) So he that goeth in to his neighbor's wife; Whosoever toucheth her shall not be unpunished.
Bible in Basic English (BBE) So it is with him who goes in to his neighbour's wife; he who has anything to do with her will not go free from punishment.
Darby English Bible (DBY) So he that goeth in to his neighbour's wife: whosoever toucheth her shall not be innocent.
World English Bible (WEB) So is he who goes in to his neighbor's wife. Whoever touches her will not be unpunished.
Young's Literal Translation (YLT) So `is' he who hath gone in unto the wife of his neighbour, None who doth touch her is innocent.
Read Full Chapter :
Proverbs 6
Cross Reference
उत्पत्ति 12:18
यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। किन?
उत्पत्ति 20:4
तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ?
उत्पत्ति 26:10
अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।”
लेवी 20:10
“यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।
2 शमूएल 11:3
त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।”
2 शमूएल 12:9
यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?
2 शमूएल 16:21
अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”
हितोपदेश 16:5
जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
यर्मिया 5:8
तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।”
इजकिएल 22:11
कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्।
मलाकी 3:5
तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
1 कोरिन्थी 7:1
अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।