Proverbs 6:23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
Proverbs 6:23 in Other Translations
King James Version (KJV) For the commandment is a lamp; and the law is light; and reproofs of instruction are the way of life:
American Standard Version (ASV) For the commandment is a lamp; and the law is light; And reproofs of instruction are the way of life:
Bible in Basic English (BBE) For the rule is a light, and the teaching a shining light; and the guiding words of training are the way of life.
Darby English Bible (DBY) For the commandment is a lamp, and the teaching a light, and reproofs of instruction are the way of life:
World English Bible (WEB) For the commandment is a lamp, And the law is light. Reproofs of instruction are the way of life,
Young's Literal Translation (YLT) For a lamp `is' the command, And the law a light, And a way of life `are' reproofs of instruction,
Read Full Chapter :
Proverbs 6
Cross Reference
भजनसंग्रह 119:105
हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
भजनसंग्रह 19:8
परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउदछन्।
भजनसंग्रह 141:5
म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।
हितोपदेश 3:18
ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।
हितोपदेश 4:4
अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
हितोपदेश 4:13
अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
हितोपदेश 5:12
तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?
हितोपदेश 15:24
बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।
लेवी 19:17
“तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।
हितोपदेश 29:15
दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
यशैया 8:20
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
यर्मिया 21:8
“यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन। परमप्रभुले भन्नुहुन्छ ‘मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।
2 पत्रुस 1:19
यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।
प्रकाश 2:5
यसर्थ याद राष्ठ्वख, तिमीहरुको पतन हुन अघि तिमीहरु कहाँ थियौ। तिमीहरुको हृदय परिवर्तन गर अनि तिमीहरुले पहिला गरेका कुराहरु गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, म तिमीहरुकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।
हितोपदेश 15:31
जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ।
भजनसंग्रह 119:98
हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ।