Proverbs 29:8 जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।
Proverbs 29:8 in Other Translations
King James Version (KJV) Scornful men bring a city into a snare: but wise men turn away wrath.
American Standard Version (ASV) Scoffers set a city in a flame; But wise men turn away wrath.
Bible in Basic English (BBE) Men of pride are the cause of violent acts in a town, but by wise men wrath is turned away.
Darby English Bible (DBY) Scornful men set the city in a flame; but the wise turn away anger.
World English Bible (WEB) Mockers stir up a city, But wise men turn away anger.
Young's Literal Translation (YLT) Men of scorning ensnare a city, And the wise turn back anger.
Read Full Chapter :
Proverbs 29
Cross Reference
हितोपदेश 11:11
ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ।
गन्ती 16:48
तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो।
गन्ती 25:11
“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।
व्यवस्था 9:18
त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ।
2 शमूएल 24:16
स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखित हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।
हितोपदेश 16:14
जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
यशैया 28:14
तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।
यर्मिया 15:1
परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
प्रस्थान 32:10
यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछ। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”
आमोस 7:2
सलह ले देशको सारा घाँसहरु खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकुब बाँच्न सक्दैन। त्यो अत्यन्तैसानो छ।”
मत्ती 27:39
आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
यूहन्ना 9:40
कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”
यूहन्ना 11:47
तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
1 थिस्सलोनिकी 2:15
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
याकूब 3:5
हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ।
याकूब 5:15
विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।
इजकिएल 22:30
“देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउन सकिन।