Matthew 2:2 ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, ‘यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ। हामिले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौं।’
Matthew 2:2 in Other Translations
King James Version (KJV) Saying, Where is he that is born King of the Jews? for we have seen his star in the east, and are come to worship him.
American Standard Version (ASV) Where is he that is born King of the Jews? for we saw his star in the east, and are come to worship him.
Bible in Basic English (BBE) Saying, Where is the King of the Jews whose birth has now taken place? We have seen his star in the east and have come to give him worship.
Darby English Bible (DBY) Where is the king of the Jews that has been born? for we have seen his star in the east, and have come to do him homage.
World English Bible (WEB) "Where is he who is born King of the Jews? For we saw his star in the east, and have come to worship him."
Young's Literal Translation (YLT) saying, `Where is he who was born king of the Jews? for we saw his star in the east, and we came to bow to him.'
Read Full Chapter :
Matthew 2
Cross Reference
गन्ती 24:17
“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
यर्मिया 23:5
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
यशैया 9:6
कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
जकरिया 9:9
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
प्रकाश 22:16
“मैले मण्डलीहरुका निम्ति यी कुराहरु तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”
यूहन्ना 1:49
तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
यूहन्ना 18:37
पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?” येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
हिब्रू 1:6
अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाईयस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”
भजनसंग्रह 2:6
अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।
यर्मिया 30:9
तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
यशैया 60:3
तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।
मत्ती 27:11
येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
लूका 19:38
तिनीहरूले भने,“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘
लूका 23:38
क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”
यूहन्ना 5:23
परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि ऊ जसले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।
भजनसंग्रह 45:11
यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्। ऊ तिम्रो नयाँ लोग्ने हुनेछ। यसैले तिमीले उनको सम्मान गर।
मत्ती 2:10
तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।
मत्ती 21:5
“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘
लूका 1:78
परमेश्वरको प्रेमपूर्ण करूणा पाएर हाम्रा निम्ति स्वर्गबाट एउटा नयाँ उज्यालो दिन चम्कनेछ।
लूका 2:11
किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ।
लूका 23:3
पिलातसले यशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?”येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”
यूहन्ना 9:38
त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो।
यूहन्ना 12:13
मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,“उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’भजनसंग्रह 118:25-26परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
यूहन्ना 19:12
त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”
यूहन्ना 19:19
पिलातसले “संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो।“नासरतको येशू, यहूदीहरूका राजा।”
यूहन्ना 20:28
थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”
यशैया 32:1
यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ।