Lamentations 5 in Nepali

1 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।

2 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।

3 हामी अनाथ भयौं। हाम्रा पिता छैनन्। हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।

4 हामीले पिउने पानी पनि किन्नु परेको छ। हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।

5 हामीलाई भञ्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ। हामी थकित छौं र हामीलाई विश्राम छैन।

6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसंग एउटा सम्झौता गर्यौं।

7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्। तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।

8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्। कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।

9 हामीले आहार खोज्नको लागि प्राणघातक उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।

10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।

11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्। तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।

12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।

13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन् अनि हाम्रा छोराहरूका खुट्टा शत्रुहरूको भारी कामले लर्‌वरिन्छन्।

14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले संगीत बजाउन छाडीदिए।

15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन। हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।

16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।

17 ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्‌यो।

18 सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।

19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ। तपाईंको सिंहासन सदाको लागि रहन्छ।

20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।

21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्। हामीआनन्दले तपाई कहाँ फर्कने छौं। हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।

22 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो। के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो? 

Lamentations 5 Verses

Nepali Bible