Isaiah 30:7 त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”
Isaiah 30:7 in Other Translations
King James Version (KJV) For the Egyptians shall help in vain, and to no purpose: therefore have I cried concerning this, Their strength is to sit still.
American Standard Version (ASV) For Egypt helpeth in vain, and to no purpose: therefore have I called her Rahab that sitteth still.
Bible in Basic English (BBE) For there is no use or purpose in the help of Egypt: so I have said about her, She is Rahab, who has come to an end.
Darby English Bible (DBY) For Egypt shall help in vain, and to no purpose; therefore have I named her, Arrogance, that doeth nothing.
World English Bible (WEB) For Egypt helps in vain, and to no purpose: therefore have I called her Rahab who sits still.
Young's Literal Translation (YLT) Yea, Egyptians `are' vanity, and in vain do help, Therefore I have cried concerning this: `Their strength `is' to sit still.'
Read Full Chapter :
Isaiah 30
Cross Reference
प्रस्थान 14:13
तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।
भजनसंग्रह 76:8
परमप्रभु न्यायकर्ता जस्तो उभिनु भयो अनि आफ्नो निर्णय घोषणा गर्नुभयो, परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।
भजनसंग्रह 118:8
मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
यशैया 2:22
तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।
यशैया 7:4
“आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्।
यशैया 28:12
अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो,‘‘यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।‘‘तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्।
यशैया 30:15
परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।
यशैया 31:1
मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
यशैया 51:9
जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
यर्मिया 37:7
“परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्।
विलाप 3:26
ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
होशे 5:13
जब एप्रैमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो, त्यसले ठूलो राजाकहाँ मानिस पठायो। तर त्यसले तिमीलाई निको पार्न सक्तैन। न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।