2 Peter 2:10 जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।
2 Peter 2:10 in Other Translations
King James Version (KJV) But chiefly them that walk after the flesh in the lust of uncleanness, and despise government. Presumptuous are they, selfwilled, they are not afraid to speak evil of dignities.
American Standard Version (ASV) but chiefly them that walk after the flesh in the lust of defilement, and despise dominion. Daring, self-willed, they tremble not to rail at dignities:
Bible in Basic English (BBE) But specially those who go after the unclean desires of the flesh, and make sport of authority. Ready to take chances, uncontrolled, they have no fear of saying evil of those in high places:
Darby English Bible (DBY) and specially those who walk after the flesh in [the] lust of uncleanness, and despise lordship. Bold [are they], self-willed; they do not fear speaking injuriously of dignities:
World English Bible (WEB) but chiefly those who walk after the flesh in the lust of defilement, and despise authority. Daring, self-willed, they are not afraid to speak evil of dignitaries;
Young's Literal Translation (YLT) and chiefly those going behind the flesh in desire of uncleanness, and lordship despising; presumptuous, self-complacent, dignities they are not afraid to speak evil of,
chiefly
μάλιστα
malista
MA-lee-sta
But
δὲ
de
thay
the
τοὺς
ho
oh
after
ὀπίσω
opisō
oh-PEE-soh
flesh
σαρκὸς
sarx
SAHR-ks
in
ἐν
en
ane
the lust
ἐπιθυμίᾳ
epithymia
ay-pee-thyoo-MEE-ah
of uncleanness,
μιασμοῦ
miasmos
mee-ah-SMOSE
them that walk
πορευομένους
poreuomai
poh-RAVE-oh-may
and
καὶ
kai
kay
government.
κυριότητος
kyriotēs
kyoo-ree-OH-tase
despise
καταφρονοῦντας
kataphroneō
ka-ta-froh-NAY-oh
Presumptuous
Τολμηταί
tolmētēs
tole-may-TASE
selfwilled,
αὐθάδεις
authadēs
af-THA-thase
dignities.
δόξας
doxa
THOH-ksa
not
οὐ
ou
oo
they are afraid
τρέμουσιν
tremō
TRAY-moh
to speak evil of
βλασφημοῦντες
blasphēmeō
vla-sfay-MAY-oh
Read Full Chapter :
2 Peter 2
Cross Reference
प्रस्थान 22:28
“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।
यहूदा 1:16
यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।
यहूदा 1:10
तर यी मानिसहरु जुन कुराहरु आफैले बुझेंका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरु प्रयोग गर्छन्। अनि तिनीहरुले जे बुइछन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुइछन्। अनि यी कुराहरुद्वारा तिनीहरु ध्वंश हुन्छन्।
रोमी 1:24
मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।
यहूदा 1:18
प्रेरितले तिमीहरुलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरु हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरुले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरु गर्नेछन्।”
लूका 19:14
तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।
कलस्सी 3:5
यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।
तीतस 1:7
धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
हिब्रू 13:4
सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।
2 पत्रुस 3:3
तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्।
यहूदा 1:6
अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।
प्रेरित 23:5
पावलले भने, “दाज्यु-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’
उपदेशक 10:20
राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किन? किन कि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।
रोमी 8:12
यसकारण मेरा दाज्यु-भाई, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन।
एफिसी 5:5
यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।
1 कोरिन्थी 6:9
मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
2 कोरिन्थी 10:3
हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं।
1 पत्रुस 2:13
प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।
यहूदा 1:4
कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।
1 थिस्सलोनिकी 4:7
परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन।
गन्ती 15:30
“तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।
गन्ती 16:12
त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुईजना मानिसहरूले भने, “हामी आउने छैनौ।
व्यवस्था 17:12
“यदि कुनै मानिसले न्यायकर्त्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्गन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्राएलबाट लखेटूनु पर्छ, त्यो मर्नु पर्छ।
व्यवस्था 21:20
माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’
1 शमूएल 10:27
तर कोही बद्माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।
2 शमूएल 20:1
त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,“हामीसित दाऊदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”
1 राजा 12:16
इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।
भजनसंग्रह 2:1
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
भजनसंग्रह 12:4
ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं अनि त्यो अत्यन्त मुख्य हुँदछ। के भन्नु पर्ने हामी जान्दछौं, यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
उपदेशक 10:6
मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउंछन् जसको कुनै महत्व हुँदैन।
यर्मिया 2:31
यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
रोमी 8:1
यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन।
रोमी 8:4
परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।
रोमी 13:1
तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।
उत्पत्ति 49:6
तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहदिन अनि तिनीहरूको सभामा उपस्थित हुनु चाँहदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।
एफिसी 4:19
लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन् । हर प्रकारको नीच काम गर्न ती सधैं तम्सन्छन्।