Romans 5:21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।
Romans 5:21 in Other Translations
King James Version (KJV) That as sin hath reigned unto death, even so might grace reign through righteousness unto eternal life by Jesus Christ our Lord.
American Standard Version (ASV) that, as sin reigned in death, even so might grace reign through righteousness unto eternal life through Jesus Christ our Lord.
Bible in Basic English (BBE) That, as sin had power in death, so grace might have power through righteousness to eternal life through Jesus Christ our Lord.
Darby English Bible (DBY) in order that, even as sin has reigned in [the power of] death, so also grace might reign through righteousness to eternal life through Jesus Christ our Lord.
World English Bible (WEB) that as sin reigned in death, even so might grace reign through righteousness to eternal life through Jesus Christ our Lord.
Young's Literal Translation (YLT) that even as the sin did reign in the death, so also the grace may reign, through righteousness, to life age-during, through Jesus Christ our Lord.
That
ἵνα
hina
EE-na
as
ὥσπερ
hōsper
OH-spare
hath reigned
ἐβασίλευσεν
basileuō
va-see-LAVE-oh
ἡ
ho
oh
sin
ἁμαρτία
hamartia
a-mahr-TEE-ah
unto
ἐν
en
ane
τῷ
ho
oh
death,
θανάτῳ
thanatos
THA-na-tose
so
οὕτως
houtō
OO-toh
even
καὶ
kai
kay
ἡ
ho
oh
grace
χάρις
charis
HA-rees
might reign
βασιλεύσῃ
basileuō
va-see-LAVE-oh
through
διὰ
dia
thee-AH
righteousness
δικαιοσύνης
dikaiosynē
thee-kay-oh-SYOO-nay
unto
εἰς
eis
ees
life
ζωὴν
zōē
zoh-A
eternal
αἰώνιον
aiōnios
ay-OH-nee-ose
by
διὰ
dia
thee-AH
Jesus
Ἰησοῦ
iēsous
ee-ay-SOOS
Christ
Χριστοῦ
christos
hree-STOSE
τοῦ
ho
oh
Lord.
κυρίου
kyrios
KYOO-ree-ose
our
ἡμῶν
hēmōn
ay-MONE
Read Full Chapter :
Romans 5
Cross Reference
रोमी 5:14
तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए।
यूहन्ना 1:16
उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।
रोमी 5:12
पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।
रोमी 6:23
जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
तीतस 2:11
हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
रोमी 6:16
निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ।
रोमी 8:10
किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो।
हिब्रू 4:16
येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
यूहन्ना 10:28
म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।
2 पत्रुस 1:1
येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।तिमी सबै मानिसहरुप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरुले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
1 यूहन्ना 2:25
अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
1 यूहन्ना 5:11
परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।
1 पत्रुस 5:10
यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।
रोमी 4:13
अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए।
रोमी 5:17
एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।
रोमी 6:12
यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ।
रोमी 6:14
पाप तिम्रो स्वामी हुनेछैन। किन? किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।