Psalm 92:9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्। सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
Psalm 92:9 in Other Translations
King James Version (KJV) For, lo, thine enemies, O LORD, for, lo, thine enemies shall perish; all the workers of iniquity shall be scattered.
American Standard Version (ASV) For, lo, thine enemies, O Jehovah, For, lo, thine enemies shall perish; All the workers of iniquity shall be scattered.
Bible in Basic English (BBE) For see! your haters, O Lord, will be put to death; all the workers of evil will be put to flight;
Darby English Bible (DBY) For lo, thine enemies, O Jehovah, for lo, thine enemies shall perish; all the workers of iniquity shall be scattered.
Webster's Bible (WBT) But thou, LORD, art most high for evermore.
World English Bible (WEB) For, behold, your enemies, Yahweh, For, behold, your enemies shall perish. All the evil-doers will be scattered.
Young's Literal Translation (YLT) For, lo, Thine enemies, O Jehovah, For, lo, Thine enemies, do perish, Separate themselves do all workers of iniquity.
Read Full Chapter :
Psalm 92
Cross Reference
भजनसंग्रह 37:20
तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्।
भजनसंग्रह 89:10
तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबलले तितरबितर पार्नुभयो।
व्यवस्था 28:64
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
न्यायकर्ता 5:31
हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!”यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।
भजनसंग्रह 1:4
तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
भजनसंग्रह 21:8
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
भजनसंग्रह 59:11
हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्। मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।
भजनसंग्रह 68:1
हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्रतत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँबाटै भागोस्।
भजनसंग्रह 68:30
तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ। ती मानिसहरूको जस्ता “साँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्दछन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
लेवी 26:33
म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।
यशैया 17:13
अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्। परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खेद्दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।
इजकिएल 5:12
तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।
मत्ती 7:23
तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
लूका 19:27
अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाँहादैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।”‘
लूका 21:24
कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
2 थिस्सलोनिकी 1:7
अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
भजनसंग्रह 73:27
हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
गन्ती 10:35
शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे,“हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”