Psalm 65:2 सबै मानिसहरू तपाईंकहाँ आउँछन् किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
Psalm 65:2 in Other Translations
King James Version (KJV) O thou that hearest prayer, unto thee shall all flesh come.
American Standard Version (ASV) O thou that hearest prayer, Unto thee shall all flesh come.
Bible in Basic English (BBE) To you, O hearer of prayer, let the words of all flesh come.
Darby English Bible (DBY) O thou that hearest prayer, unto thee shall all flesh come.
Webster's Bible (WBT) To the chief Musician, A Psalm and Song of David. Praise waiteth for thee, O God, in Zion: and to thee shall the vow be performed.
World English Bible (WEB) You who hear prayer, To you all men will come.
Young's Literal Translation (YLT) Hearer of prayer, to Thee all flesh cometh.
Read Full Chapter :
Psalm 65
Cross Reference
यशैया 66:23
सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।
भजनसंग्रह 86:9
स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो। तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्। तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
1 राजा 18:37
मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”
1 राजा 18:29
मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।
2 इतिहास 33:13
मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
भजनसंग्रह 66:4
सारा पृथ्वीले तपाईंको उपासना गरून, प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
भजनसंग्रह 145:18
जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
यशैया 65:24
तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।
यर्मिया 29:12
त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।
दानियल 9:17
“अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्।
1 यूहन्ना 5:14
अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।
यशैया 49:6
“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
लूका 11:9
फेरि म तिमीहरूलाई भन्दछु, “माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
यूहन्ना 12:32
म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”
प्रेरित 10:31
तिनले भने, “कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ।
प्रकाश 11:15
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”
भजनसंग्रह 102:17
परमेश्वरले जिउँदै छाडनु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
भजनसंग्रह 22:27
टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
भजनसंग्रह 66:19
परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।