Proverbs 30 - YLT (Nepali)

1 Words of a Gatherer, son of an obedient one, the declaration, an affirmation of the man: -- I have wearied myself `for' God, I have wearied myself `for' God, and am consumed.यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्,

2 For I am more brutish than any one, And have not the understanding of a man.अरू कुनै मानिस भन्दा म धैरे अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।

3 Nor have I learned wisdom, Yet the knowledge of Holy Ones I know.मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ।

4 Who went up to heaven, and cometh down? Who hath gathered the wind in his fists? Who hath bound waters in a garment? Who established all ends of the earth? What `is' His name? and what His son's name? Surely thou knowest!स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

5 Every saying of God `is' tried, A shield He `is' to those trusting in Him.परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।

6 Add not to His words, lest He reason with thee, And thou hast been found false.यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।

7 Two things I have asked from Thee, Withhold not from me before I die.हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुईओटा चीज माग्नेछु औ ती हुन्,

8 Vanity and a lying word put far from me, Poverty or wealth give not to me, Cause me to eat the bread of my portion,मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।

9 Lest I become satiated, and have denied, And have said, `Who `is' Jehovah?' And lest I be poor, and have stolen, And have laid hold of the name of my God.यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

10 Accuse not a servant unto his lord, Lest he disesteem thee, and thou be found guilty.मालिक अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।

11 A generation `is', that lightly esteemeth their father, And their mother doth not bless.कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।

12 A generation -- pure in their own eyes, But from their own filth not washed.केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।

13 A generation -- how high are their eyes, Yea, their eyelids are lifted up.केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

14 A generation -- swords `are' their teeth, And knives -- their jaw-teeth, To consume the poor from earth, And the needy from `among' men.मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

15 To the leech `are' two daughters, `Give, give, Lo, three things are not satisfied, Four have not said `Sufficiency;'जूकाका दुई जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन् चौथोले कदापि प्रयाप्त भयो भन्दैन।

16 Sheol, and a restrained womb, Earth -- it `is' not satisfied `with' water, And fire -- it hath not said, `Sufficiency,'चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”

17 An eye that mocketh at a father, And despiseth to obey a mother, Dig it out do ravens of the valley, And eat it do young eagles.जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।

18 Three things have been too wonderful for me, Yea, four that I have not known:तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ।

19 The way of the eagle in the heavens, The way of a serpent on a rock, The way of a ship in the heart of the sea, And the way of a man in youth.आकाशमा उडने गरूडको चाल, चट्टानमा घस्रने साँपको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल।

20 So -- the way of an adulterous woman, She hath eaten and hath wiped her mouth, And hath said, `I have not done iniquity.'यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”

21 For three things hath earth been troubled, And for four -- it is not able to bear:यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन।

22 For a servant when he reigneth, And a fool when he is satisfied with bread,एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ।

23 For a hated one when she ruleth, And a maid-servant when she succeedeth her mistress.माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।

24 Four `are' little ones of earth, And they are made wiser than the wise:पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन।

25 The ants `are' a people not strong, And they prepare in summer their food,कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।

26 Conies `are' a people not strong, And they place in a rock their house,पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन् तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

27 A king there is not to the locust, And it goeth out -- each one shouting,सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

28 A spider with two hands taketh hold, And is in the palaces of a king.अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।

29 Three there are going well, Yea, four are good in going:तीनओटा प्राणीहरू आर्कषक ढंगले हिंडछन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिंडछन्।

30 An old lion -- mighty among beasts, That turneth not back from the face of any,सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।

31 A girt one of the loins, or a he-goat, And a king -- no rising up with him.लचकमा हिंडने कुखुराको भाले, र बोका अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।

32 If thou hast been foolish in lifting up thyself, And if thou hast devised evil -- hand to mouth!यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।

33 For the churning of milk bringeth out butter, And the wringing of the nose bringeth out blood, And the forcing of anger bringeth out strife!जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउदा झगडा मच्चिन्छ।

Nepali Bible