Proverbs 27 - YLT (Nepali)

1 Boast not thyself of to-morrow, For thou knowest not what a day bringeth forth.तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।

2 Let another praise thee, and not thine own mouth, A stranger, and not thine own lips.आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।

3 A stone `is' heavy, and the sand `is' heavy, And the anger of a fool Is heavier than they both.ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।

4 Fury `is' fierce, and anger `is' overflowing, And who standeth before jealousy?रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?

5 Better `is' open reproof than hidden love.लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।

6 Faithful are the wounds of a lover, And abundant the kisses of an enemy.साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।

7 A satiated soul treadeth down a honeycomb, And `to' a hungry soul every bitter thing `is' sweet.अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।

8 As a bird wandering from her nest, So `is' a man wandering from his place.आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।

9 Ointment and perfume rejoice the heart, And the sweetness of one's friend -- from counsel of the soul.अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।

10 Thine own friend, and the friend of thy father, forsake not, And the house of thy brother enter not In a day of thy calamity, Better `is' a near neighbour than a brother afar off.आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।

11 Be wise, my son, and rejoice my heart. And I return my reproacher a word.हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।

12 The prudent hath seen the evil, he is hidden, The simple have passed on, they are punished.बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।

13 Take his garment, when a stranger hath been surety, And for a strange woman pledge it.एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

14 Whoso is saluting his friend with a loud voice, In the morning rising early, A light thing it is reckoned to him.प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।

15 A continual dropping in a day of rain, And a woman of contentions are alike,एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।

16 Whoso is hiding her hath hidden the wind, And the ointment of his right hand calleth out.उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।

17 Iron by iron is sharpened, And a man sharpens the face of his friend.जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।

18 The keeper of a fig-tree eateth its fruit, And the preserver of his master is honoured.जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।

19 As `in' water the face `is' to face, So the heart of man to man.जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।

20 Sheol and destruction are not satisfied, And the eyes of man are not satisfied.जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।

21 A refining pot `is' for silver, and a furnace for gold, And a man according to his praise.सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।

22 If thou dost beat the foolish in a mortar, Among washed things -- with a pestle, His folly turneth not aside from off him.मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।

23 Know well the face of thy flock, Set thy heart to the droves,तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।

24 For riches `are' not to the age, Nor a crown to generation and generation.सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।

25 Revealed was the hay, and seen the tender grass, And gathered the herbs of mountains.जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ,

26 Lambs `are' for thy clothing, And the price of the field `are' he-goats,तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेडाहरूबाट खेत किन्न सक्ने छौ बाख्राको दूध

27 And a sufficiency of goats' milk `is' for thy bread, For bread to thy house, and life to thy damsels!तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।

Nepali Bible