Proverbs 22 - DBY (Nepali)

1 A [good] name is rather to be chosen than great riches; loving favour rather than silver and gold.धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।

2 The rich and poor meet together; Jehovah is the maker of them all.सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

3 A prudent [man] seeth the evil, and hideth himself; but the simple pass on, and are punished.एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।

4 The reward of humility [and] the fear of Jehovah is riches, and honour, and life.नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।

5 Thorns [and] snares are in the way of the perverse: he that keepeth his soul holdeth himself far from them.दुष्ट मानिस नाना थरीका फंदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।

6 Train up the child according to the tenor of his way, and when he is old he will not depart from it.नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ।

7 The rich ruleth over the poor; and the borrower is servant to the lender.धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।

8 He that soweth unrighteousness shall reap iniquity, and the rod of his wrath shall have an end.अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

9 He that hath a bountiful eye shall be blessed, for he giveth of his bread to the poor.एकजना उदार योग्य मानिसले आशिषू पाउँछ। उसले आशिषू पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।

10 Cast out the scorner, and contention will depart, and strife and ignominy shall cease.यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।

11 He that loveth pureness of heart, upon whose lips is grace, the king is his friend.एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।

12 The eyes of Jehovah preserve knowledge; but he overthroweth the words of the unfaithful.परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।

13 The sluggard saith, There is a lion without, I shall be killed in the streets!अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”

14 The mouth of strange women is a deep ditch: he with whom Jehovah is displeased shall fall therein.व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।

15 Folly is bound in the heart of a child; the rod of correction shall drive it far from him.नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।

16 He that oppresseth the poor, it is to enrich him; he that giveth to the rich, [bringeth] only to want.आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।

17 Incline thine ear, and hear the words of the wise, and apply thy heart unto my knowledge.राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।

18 For it is a pleasant thing if thou keep them within thee: they shall be together fitted on thy lips.यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।

19 That thy confidence may be in Jehovah, I have made [them] known to thee this day, even to thee.अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।

20 Have not I written to thee excellent things, in counsels and knowledge,तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।

21 that I might make thee know the certainty of the words of truth; that thou mightest carry back words of truth to them that send thee?यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।-1-

22 Rob not the poor, because he is poor, neither oppress the afflicted in the gate;गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

23 for Jehovah will plead their cause, and despoil the soul of those that despoil them.परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।-2-

24 Make no friendship with an angry man, and go not with a furious man;झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।

25 lest thou learn his paths, and get a snare to thy soul.नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ।-3-

26 Be not of them that strike hands, of them that are sureties for debts:कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।

27 if thou hast nothing to pay, why should he take away thy bed from under thee?तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढने ओछ्याउने सम्म गुमाउनु पर्नेछ।-4-

28 Remove not the ancient landmark which thy fathers have set.तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ।-5-

29 Hast thou seen a man diligent in his work? He shall stand before kings; he shall not stand before the mean.यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।-6-

Nepali Bible