Proverbs 21 - YLT (Nepali)

1 Rivulets of waters `is' the heart of a king in the hand of Jehovah, Wherever He pleaseth He inclineth it.राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।

2 Every way of a man `is' right in his own eyes, And Jehovah is pondering hearts.मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

3 To do righteousness and judgment, Is chosen of Jehovah rather than sacrifice.बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।

4 Loftiness of eyes, and breadth of heart, Tillage of the wicked `is' sin.घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।

5 The purposes of the diligent `are' only to advantage, And of every hasty one, only to want.लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

6 The making of treasures by a lying tongue, `Is' a vanity driven away of those seeking death.झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

7 The spoil of the wicked catcheth them, Because they have refused to do judgment.दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

8 Froward `is' the way of a man who is vile, And the pure -- upright `is' his work.दुष्ट मानिसहरू सधैं अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

9 Better to sit on a corner of the roof, Than `with' a woman of contentions and a house of company.एउटी झगडालु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

10 The soul of the wicked hath desired evil, Not gracious in his eyes is his neighbour.दुष्ट मानिसहरू सधैं खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।

11 When the scorner is punished, the simple becometh wise, And in giving understanding to the wise He receiveth knowledge.दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझैं ज्ञानी हुन्छन्।

12 The Righteous One is acting wisely Towards the house of the wicked, He is overthrowing the wicked for wickedness.परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।

13 Whoso is shutting his ear from the cry of the poor, He also doth cry, and is not answered.यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

14 A gift in secret pacifieth anger, And a bribe in the bosom strong fury.गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।

15 To do justice `is' joy to the righteous, But ruin to workers of iniquity.न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।

16 A man who is wandering from the way of understanding, In an assembly of Rephaim resteth.जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।

17 Whoso `is' loving mirth `is' a poor man, Whoso is loving wine and oil maketh no wealth.जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

18 The wicked `is' an atonement for the righteous, And for the upright the treacherous dealer.एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस इमान्दार मानिसको निम्ति हुनेछ।

19 Better to dwell in a wilderness land, Than `with' a woman of contentions and anger.छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।

20 A treasure to be desired, and oil, `Is' in the habitation of the wise, And a foolish man swalloweth it up.बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

21 Whoso is pursuing righteousness and kindness, Findeth life, righteousness, and honour.जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

22 A city of the mighty hath the wise gone up, And bringeth down the strength of its confidence.एकजना ज्ञानी मानिसहरूले सशस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।

23 Whoso is keeping his mouth and his tongue, Is keeping from adversities his soul.जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

24 Proud, haughty, scorner `is' his name, Who is working in the wrath of pride.जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।

25 The desire of the slothful slayeth him, For his hands have refused to work.एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

26 All the day desiring he hath desired, And the righteous giveth and withholdeth not.लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।

27 The sacrifice of the wicked `is' abomination, Much more when in wickedness he bringeth it.दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।

28 A false witness doth perish, And an attentive man for ever speaketh.झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैंको निम्ति बोल्छ।

29 A wicked man hath hardened by his face, And the upright -- he prepareth his way.एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।

30 There is no wisdom, nor understanding, Nor counsel, over-against Jehovah.कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

31 A horse is prepared for a day of battle, And the deliverance `is' of Jehovah!मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

Nepali Bible