Luke 8:21 येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”
Luke 8:21 in Other Translations
King James Version (KJV) And he answered and said unto them, My mother and my brethren are these which hear the word of God, and do it.
American Standard Version (ASV) But he answered and said unto them, My mother and my brethren are these that hear the word of God, and do it.
Bible in Basic English (BBE) But he said to them in answer, My mother and my brothers are those who have knowledge of the word of God and do it.
Darby English Bible (DBY) But he answering said to them, My mother and my brethren are those who hear the word of God and do [it].
World English Bible (WEB) But he answered them, "My mother and my brothers are these who hear the word of God, and do it."
Young's Literal Translation (YLT) and he answering said unto them, `My mother and my brethren! they are those who the word of God are hearing, and doing.'
Read Full Chapter :
Luke 8
Cross Reference
यूहन्ना 13:17
यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
याकूब 1:22
परमेश्वरको शिक्षा अनुसरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।
मत्ती 25:40
“तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
मत्ती 25:45
“त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँचो भन्दछु, ‘यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
मत्ती 28:10
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”यहूदी प्रमुखहरूलाई सूचना
लूका 8:15
अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।
लूका 11:27
जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन् अनि तपाईंलाई स्तन पान गराइन्।”
यूहन्ना 6:28
मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
यूहन्ना 15:14
तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।
मत्ती 7:21
‘मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
2 कोरिन्थी 5:16
अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई संझने छैनौं। साँचो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले संझे जस्तै संझन्थ्यौं तर अब हामी त्यसरी संझदैनौं।
2 कोरिन्थी 6:18
“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।”
हिब्रू 2:11
उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
1 यूहन्ना 2:29
तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।
1 यूहन्ना 3:22
अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरु दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ।
3 यूहन्ना 1:11
मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
यूहन्ना 20:17
येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ् सम्म पिताकोमा गई सकेको छुइँन। तर मेरा दाज्यु-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।”‘
मत्ती 17:5
जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”