Matthew 3 - BBE (Nepali)
1 And in those days John the Baptist came preaching in the waste land of Judaea,त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।
2 Saying, Let your hearts be turned from sin; for the kingdom of heaven is near.तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”
3 For this is he of whom Isaiah the prophet said, The voice of one crying in the waste land, Make ready the way of the Lord, make his roads straight.बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए“मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।”
4 Now John was clothed in camel's hair, with a leather band about him; and his food was locusts and honey.यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।
5 Then Jerusalem and all Judaea went out to him, and all the people from near Jordan;यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।
6 And they were given baptism by him in the river Jordan, saying openly that they had done wrong.आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
7 But when he saw a number of the Pharisees and Sadducees coming to his baptism, he said to them, Offspring of snakes, at whose word are you going in flight from the wrath to come?धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
8 Let your change of heart be seen in your works:तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।
9 And say not to yourselves, We have Abraham for our father; because I say to you that God is able from these stones to make children for Abraham.अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।
10 And even now the axe is put to the root of the trees; every tree then which does not give good fruit is cut down, and put into the fire.अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।
11 Truly, I give baptism with water to those of you whose hearts are changed; but he who comes after me is greater than I, whose shoes I am not good enough to take up: he will give you baptism with the Holy Spirit and with fire:‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
12 In whose hand is the instrument with which he will make clean his grain; he will put the good grain in his store, but the waste will be burned up in the fire which will never be put out.उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
13 Then Jesus came from Galilee to John at the Jordan, to be given baptism by him.त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो।
14 But John would have kept him back, saying, It is I who have need of baptism from you, and do you come to me?तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे, ‘तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।’
15 But Jesus made answer, saying to him, Let it be so now: because so it is right for us to make righteousness complete. Then he gave him baptism.येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।
16 And Jesus, having been given baptism, straight away went up from the water; and, the heavens opening, he saw the Spirit of God coming down on him as a dove;त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।
17 And a voice came out of heaven, saying, This is my dearly loved Son, with whom I am well pleased.तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
Nepali Bible