Mark 5 - YLT (Nepali)

1 And they came to the other side of the sea, to the region of the Gadarenes,येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो।

2 and he having come forth out of the boat, immediately there met him out of the tombs a man with an unclean spirit,जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।

3 who had his dwelling in the tombs, and not even with chains was any one able to bind him,त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,

4 because that he many times with fetters and chains had been bound, and pulled in pieces by him had been the chains, and the fetters broken in pieces, and none was able to tame him,धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।

5 and always, night and day, in the mountains, and in the tombs he was, crying and cutting himself with stones.रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।

6 And, having seen Jesus from afar, he ran and bowed before him,जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो।

7 and having called with a loud voice, he said, `What -- to me and to thee, Jesus, Son of God the Most High? I adjure thee by God, mayest thou not afflict me!'येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।”

8 (for he said to him, `Come forth, spirit unclean, out of the man,')अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्!?”

9 and he was questioning him, `What `is' thy name?' and he answered, saying, `Legion `is' my name, because we are many;'त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।

10 and he was calling on him much, that he may not send them out of the region.ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

11 And there was there, near the mountains, a great herd of swine feeding,त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए।

12 and all the demons did call upon him, saying, `Send us to the swine, that into them we may enter;'दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”

13 and immediately Jesus gave them leave, and having come forth, the unclean spirits did enter into the swine, and the herd did rush down the steep place to the sea -- and they were about two thousand -- and they were choked in the sea.अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।

14 And those feeding the swine did flee, and told in the city, and in the fields, and they came forth to see what it is that hath been done;सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।

15 and they come unto Jesus, and see the demoniac, sitting, and clothed, and right-minded -- him having had the legion -- and they were afraid;मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।

16 and those having seen `it', declared to them how it had come to pass to the demoniac, and about the swine;केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए।

17 and they began to call upon him to go away from their borders.अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।

18 And he having gone into the boat, the demoniac was calling on him that he may be with him,येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।

19 and Jesus did not suffer him, but saith to him, `Go away to thy house, unto thine own `friends', and tell them how great things the Lord did to thee, and dealt kindly with thee;तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

20 and he went away, and began to proclaim in the Decapolis how great things Jesus did to him, and all were wondering.तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

21 And Jesus having passed over in the boat again to the other side, there was gathered a great multitude to him, and he was near the sea,येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।

22 and lo, there doth come one of the chiefs of the synagogue, by name Jairus, and having seen him, he doth fall at his feet,सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।

23 and he was calling upon him much, saying -- `My little daughter is at the last extremity -- that having come, thou mayest lay on her `thy' hands, so that she may be saved, and she shall live;'याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”

24 and he went away with him. And there was following him a great multitude, and they were thronging him,अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25 and a certain woman, having an issue of blood twelve years,ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।

26 and many things having suffered under many physicians, and having spent all that she had, and having profited nothing, but rather having come to the worse,त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27 having heard about Jesus, having come in the multitude behind, she touched his garment,त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।

28 for she said -- `If even his garments I may touch, I shall be saved;'त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”

29 and immediately was the fountain of her blood dried up, and she knew in the body that she hath been healed of the plague.अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।

30 And immediately Jesus having known in himself that out of him power had gone forth, having turned about in the multitude, said, `Who did touch my garments?'अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’

31 and his disciples said to him, `Thou seest the multitude thronging thee, and thou sayest, `Who did touch me!'चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”

32 And he was looking round to see her who did this,तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।

33 and the woman, having been afraid, and trembling, knowing what was done on her, came, and fell down before him, and told him all the truth,त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।

34 and he said to her, `Daughter, thy faith hath saved thee; go away in peace, and be whole from thy plague.'येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35 As he is yet speaking, there come from the chief of the synagogue's `house, certain', saying -- `Thy daughter did die, why still dost thou harass the Teacher?'येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।”

36 And Jesus immediately, having heard the word that is spoken, saith to the chief of the synagogue, `Be not afraid, only believe.'तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37 And he did not suffer any one to follow with him, except Peter, and James, and John the brother of James;येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।

38 and he cometh to the house of the chief of the synagogue, and seeth a tumult, much weeping and wailing;येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।

39 and having gone in he saith to them, `Why do ye make a tumult, and weep? the child did not die, but doth sleep;येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”

40 and they were laughing at him. And he, having put all forth, doth take the father of the child, and the mother, and those with him, and goeth in where the child is lying,तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।

41 and, having taken the hand of the child, he saith to her, `Talitha cumi;' which is, being interpreted, `Damsel (I say to thee), arise.'अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)

42 And immediately the damsel arose, and was walking, for she was twelve years `old'; and they were amazed with a great amazement,सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।

43 and he charged them much, that no one may know this thing, and he said that there be given to her to eat.येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

Nepali Bible