Mark 13 - ASV (Nepali)
1 And as he went forth out of the temple, one of his disciples saith unto him, Teacher, behold, what manner of stones and what manner of buildings!येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला ठूला ढुंगाहरूले बताएर अति सुन्दर भएको छ।”
2 And Jesus said unto him, Seest thou these great buildings? there shall not be left here one stone upon another, which shall not be thrown down.येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुंगा भूँइमा फयाँकिनेछ। एउटाकोमाथि अर्को कुनै ढुंगा त्यहाँ रहने छैन।”
3 And as he sat on the mount of Olives over against the temple, Peter and James and John and Andrew asked him privately,त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र अन्द्रियास संग अलग्ग हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे,
4 Tell us, when shall these things be? and what `shall be' the sign when these things are all about to be accomplished?हामीलाई भन्नुहोस् कहिले यस्तो घटना घट्ने छ? अनि यी सब घटना हुनलाग्दा के संकेत हुनेछ?”
5 And Jesus began to say unto them, Take heed that no man lead you astray.येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्।
6 Many shall come in my name, saying, I am `he'; and shall lead many astray.धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन् म नै एक हुँ। अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्।
7 And when ye shall hear of wars and rumors of wars, be not troubled: `these things' must needs come to pass; but the end is not yet.तिमीहरूले लडाईको बारेमा सुन्ने पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घटनाहरू घट्नेछ।
8 For nation shall rise against nation, and kingdom against kingdom; there shall be earthquakes in divers places; there shall be famines: these things are the beginning of travail.राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तोे समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।
9 But take ye heed to yourselves: for they shall deliver you up to councils; and in synagogues shall ye be beaten; and before governors and kings shall ye stand for my sake, for a testimony unto them.तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिटनेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन्। तीनीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछन
10 And the gospel must first be preached unto all the nations.यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ।
11 And when they lead you `to judgment', and deliver you up, be not anxious beforehand what ye shall speak: but whatsoever shall be given you in that hour, that speak ye; for it is not ye that speak, but the Holy Spirit.तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफै बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।
12 And brother shall deliver up brother to death, and the father his child; and children shall rise up against parents, and cause them to be put to death.दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन।
13 And ye shall be hated of all men for my name's sake: but he that endureth to the end, the same shall be saved.सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।
14 But when ye see the abomination of desolation standing where he ought not (let him that readeth understand), then let them that are in Judaea flee unto the mountains:तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा त्येस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तौ नहुनु पर्नेथ्यो।” (मानिस जसले पढछ यसको अर्थ के हुन्छ बुझनुपर्छ।) त्यसबेला यहूदिया मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।
15 and let him that is on the housetop not go down, nor enter in, to take anything out his house:मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन।
16 and let him that is in the field not return back to take his cloak.यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।
17 But woe unto them that are with child and to them that give suck in those days!हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ।
18 And pray ye that it be not in the winter.यस्तो घटना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर।
19 For those days shall be tribulation, such as there hath not been the like from the beginning of the creation which God created until now, and never shall be.किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलसम्म फेरि भएको छैन। अनि यस्तो महासकंष्टहरू फेरि घटने छैन।
20 And except the Lord had shortened the days, no flesh would have been saved; but for the elect's sake, whom he chose, he shortened the days.उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
21 And then if any man shall say unto you, Lo, here is the Christ; or, Lo, there; believe `it' not:त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ। अथ्वा उहाँ त्यहाँ हुनुहुन्छ। यसलाई विश्वास नगर।
22 for there shall arise false Christs and false prophets, and shall show signs and wonders, that they may lead astray, if possible, the elect.झूटो ख्रीष्टहरू र झुटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्।
23 But take ye heed: behold, I have told you all things beforehand.यसकारण होशियारी बन। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।
24 But in those days, after that tribulation, the sun shall be darkened, and the moon shall not give her light,तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।
25 and the stars shall be falling from heaven, and the powers that are in the heavens shall be shaken.आकाशबाट तारहरू झर्नेछन् अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्
26 And then shall they see the Son of man coming in clouds with great power and glory.त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्
27 And then shall he send forth the angels, and shall gather together his elect from the four winds, from the uttermost part of the earth to the uttermost part of heaven.मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन् ।
28 Now from the fig tree learn her parable: when her branch is now become tender, and putteth forth its leaves, ye know that the summer is nigh;अञ्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अञ्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ
29 even so ye also, when ye see these things coming to pass, know ye that he is nigh, `even' at the doors.त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन।
30 Verily I say unto you, This generation shall not pass away, until all these things be accomplished.म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्।
31 Heaven and earth shall pass away: but my words shall not pass away.स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन।
32 But of that day or that hour knoweth no one, not even the angels in heaven, neither the Son, but the Father.“कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुनछ।
33 Take ye heed, watch and pray: for ye know not when the time is.होशियार रहो। सँधैं तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।
34 `It is' as `when' a man, sojourning in another country, having left his house, and given authority to his servants, to each one his work, commanded also the porter to watch.यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ।
35 Watch therefore: for ye know not when the lord of the house cometh, whether at even, or at midnight, or at cockcrowing, or in the morning;यसकारण तिमीहरू सँधैं सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हूँदैनौ। उ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ।
36 lest coming suddenly he find you sleeping.मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रहयौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन।
37 And what I say unto you I say unto all, Watch.म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!”‘
Nepali Bible