Leviticus 21 - BBE (Nepali)

1 And the Lord said to Moses, Say to the priests, the sons of Aaron, Let no man make himself unclean for the dead among his people;परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन।

2 But only for his near relations, for his mother or his father, his son or his daughter, and his brother;तर यदि मृतक मानिस उनको साक्खै पर्ने हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ।

3 And for his sister, a virgin, for she is his near relation and has had no husband, he may make himself unclean.अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।)

4 But let him, being a chief among his people, not make himself unclean in such a way as to put shame on himself.तर यदि मरेको मानिस बिहे द्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले उ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

5 They are not to have their hair cut off for the dead, or the hair on their chins cut short, or make cuts in their flesh.“पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्।

6 Let them be holy to their God and not make the name of their God common; for the fire offerings of the Lord and the bread of their God are offered by them, and they are to be holy.पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

7 They may not take as wife a loose or common woman, or one who has been put away by her husband: for the priest is holy to his God.“पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।

8 And he is to be holy in your eyes, for by him the bread of your God is offered; he is to be holy in your eyes, for I the Lord, who make you holy, am holy.पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

9 And if the daughter of a priest makes herself common and by her loose behaviour puts shame on her father, let her be burned with fire.“यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।

10 And he who is the chief priest among his brothers, on whose head the holy oil has been put, who is marked out to put on the holy robes, may not let his hair go loose or have his clothing out of order as a sign of sorrow.“प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

11 He may not go near any dead body or make himself unclean for his father or his mother;यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्।

12 He may not go out of the holy place or make the holy place of his God common; for the crown of the holy oil of his God is on him: I am the Lord.प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।

13 And let him take as his wife one who has not had relations with a man.“प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ।

14 A widow, or one whose husband has put her away, or a common woman of loose behaviour, may not be the wife of a priest; but let him take a virgin from among his people.प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरुबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ।

15 And he may not make his seed unclean among his people, for I the Lord have made him holy.यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्ग राखेको छु।”

16 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयो,

17 Say to Aaron, If a man of your family, in any generation, is damaged in body, let him not come near to make the offering of the bread of his God.“हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।

18 For any man whose body is damaged may not come near: one who is blind, or has not the use of his legs, or one who has a broken nose or any unnatural growth,कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्,अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,

19 Or a man with broken feet or hands,हात अथवा खुट्टा भाँचिएका मानिसहरू,

20 Or one whose back is bent, or one who is unnaturally small, or one who has a damaged eye, or whose skin is diseased, or whose sex parts are damaged;कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।

21 No man of the offspring of Aaron whose body is damaged in any way may come near to give the fire offerings of the Lord: he is damaged, he may not come near to make the offerings.हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

22 He may take of the bread of God, the holy and the most holy;त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।

23 But he may not go inside the veil or come near the altar, because he is damaged; and he may not make my holy places common; for I the Lord have made them holy.तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”

24 These are the words which Moses said to Aaron and to his sons and to all the children of Israel.यसर्थ मोशाले यी कुराहरू हारून, उनका छोराहरू अनि इस्राएलका समस्त मानिसहरूलाई भन्नुभयो।

Nepali Bible