Leviticus 18 - WEB (Nepali)
1 Yahweh said to Moses,परमप्रभुले मोशालाई भननुभयो,
2 "Speak to the children of Israel, and say to them, 'I am Yahweh your God.“इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ।
3 You shall not do as they do in the land of Egypt, where you lived: and you shall not do as they do in the land of Canaan, where I am bringing you; neither shall you walk in their statutes.बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।
4 You shall do my ordinances, and you shall keep my statutes, and walk in them: I am Yahweh your God.तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुसरण गर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5 You shall therefore keep my statutes and my ordinances; which if a man does, he shall live in them: I am Yahweh.यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।
6 "'None of you shall approach anyone who are his close relatives, to uncover their nakedness: I am Yahweh.“तिमीहरूले आफ्नो नजिक को आफन्तहरुसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।
7 "'You shall not uncover the nakedness of your father, nor the nakedness of your mother: she is your mother. You shall not uncover her nakedness.“तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसंग लैंगिक सम्बन्छ गर्नु हुँदैन।
8 "'You shall not uncover the nakedness of your father's wife: it is your father's nakedness.यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।
9 "'You shall not uncover the nakedness of your sister, the daughter of your father, or the daughter of your mother, whether born at home, or born abroad.बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।
10 "'You shall not uncover the nakedness of your son's daughter, or of your daughter's daughter, even their nakedness: for theirs is your own nakedness.“तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।
11 "'You shall not uncover the nakedness of your father's wife's daughter, conceived by your father, since she is your sister. "'“तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।
12 You shall not uncover the nakedness of your father's sister: she is your father's near kinswoman.“तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन।
13 "'You shall not uncover the nakedness of your mother's sister: for she is your mother's near kinswoman.तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन।
14 "'You shall not uncover the nakedness of your father's brother, you shall not approach his wife: she is your aunt.तिमीले तिम्रा बुबाका दाज्यू-भाईलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।
15 "'You shall not uncover the nakedness of your daughter-in-law: she is your son's wife. You shall not uncover her nakedness.“तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।
16 "'You shall not uncover the nakedness of your brother's wife: it is your brother's nakedness.“तिमीले आफ्नो भाउज्यूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाईसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।
17 "'You shall not uncover the nakedness of a woman and her daughter. You shall not take her son's daughter, or her daughter's daughter, to uncover her nakedness; they are near kinswomen: it is wickedness.“आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।
18 "'You shall not take a wife to her sister, to be a rival, to uncover her nakedness, while her sister is yet alive.“जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।
19 "'You shall not approach a woman to uncover her nakedness, as long as she is impure by her uncleanness.“तिमीले रजस्वला भएको समयमा एकजना स्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।
20 "'You shall not lie carnally with your neighbor's wife, and defile yourself with her.“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।
21 "'You shall not give any of your children to sacrifice to Molech; neither shall you profane the name of your God: I am Yahweh.“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।
22 "'You shall not lie with a man, as with a woman. That is detestible.“तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
23 "'You shall not lie with any animal to defile yourself with it; neither shall any woman give herself to an animal, to lie down with it: it is a perversion.“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।
24 "'Don't defile yourselves in any of these things: for in all these the nations which I am casting out before you were defiled.“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।
25 The land was defiled: therefore I punished its iniquity, and the land vomitted out her inhabitants.तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
26 You therefore shall keep my statutes and my ordinances, and shall not do any of these abominations; neither the native-born, nor the stranger who lives as a foreigner among you;“यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।
27 (for all these abominations have the men of the land done, that were before you, and the land became defiled);त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए।
28 that the land not vomit you out also, when you defile it, as it vomited out the nation that was before you.यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।
29 "'For whoever shall do any of these abominations, even the souls that do them shall be cut off from among their people.यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।
30 Therefore you shall keep my charge, that you do not practice any of these abominable customs, which were practiced before you, and that you do not defile yourselves with them: I am Yahweh your God.'"अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
Nepali Bible