Jeremiah 48:13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।
Jeremiah 48:13 in Other Translations
King James Version (KJV) And Moab shall be ashamed of Chemosh, as the house of Israel was ashamed of Bethel their confidence.
American Standard Version (ASV) And Moab shall be ashamed of Chemosh, as the house of Israel was ashamed of Beth-el their confidence.
Bible in Basic English (BBE) And Moab will be shamed on account of Chemosh, as the children of Israel were shamed on account of Beth-el their hope.
Darby English Bible (DBY) And Moab shall be ashamed of Chemosh, as the house of Israel was ashamed of Bethel, their confidence.
World English Bible (WEB) Moab shall be ashamed of Chemosh, as the house of Israel was ashamed of Bethel their confidence.
Young's Literal Translation (YLT) And ashamed hath been Moab because of Chemosh, As the house of Israel have been ashamed Because of Beth-El their confidence.
Read Full Chapter :
Jeremiah 48
Cross Reference
न्यायकर्ता 11:24
निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।
यशैया 45:16
धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्।
यर्मिया 48:39
“मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”
होशे 8:5
ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?
1 राजा 18:40
तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।
यशैया 2:20
त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।
यशैया 16:12
मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन् तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्। तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन् अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”
यशैया 45:20
“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।
यशैया 46:1
बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।
1 शमूएल 5:3
भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।
यर्मिया 48:46
ए मोआब! तिमीलाई शोक! कमोशका मानिसहरू नष्ट भएको छन्। तिम्रा छोरा-छोरीहरूलाई कैदी बनाएर लगिन्छ।
होशे 10:5
सामरियाका बासिन्दाहरू बेतावनमा डराउँदै बाछाको पूजा गर्छन। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ।
होशे 10:14
यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसंगै आमाहरूको पनि हत्या गरिदिएको थियो।
आमोस 5:5
तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर। अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरुलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ।
यर्मिया 48:7
तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।
1 राजा 11:7
सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो।
1 राजा 12:28
यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”
1 राजा 18:26
यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!“ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।