James 4:3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किन? किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।
James 4:3 in Other Translations
King James Version (KJV) Ye ask, and receive not, because ye ask amiss, that ye may consume it upon your lusts.
American Standard Version (ASV) Ye ask, and receive not, because ye ask amiss, that ye may spend `it' in your pleasures.
Bible in Basic English (BBE) You make your request but you do not get it, because your request has been wrongly made, desiring the thing only so that you may make use of it for your pleasure.
Darby English Bible (DBY) Ye ask and receive not, because ye ask evilly, that ye may consume [it] in your pleasures.
World English Bible (WEB) You ask, and don't receive, because you ask with wrong motives, so that you may spend it for your pleasures.
Young's Literal Translation (YLT) ye ask, and ye receive not, because evilly ye ask, that in your pleasures ye may spend `it'.
Read Full Chapter :
James 4
Cross Reference
1 यूहन्ना 5:14
अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।
1 यूहन्ना 3:22
अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरु दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ।
भजनसंग्रह 18:41
मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभु समेतलाई गुहारे तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
हितोपदेश 1:28
तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।
हितोपदेश 15:8
एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
हितोपदेश 21:13
यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
हितोपदेश 21:27
दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।
यशैया 1:15
“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
यर्मिया 11:11
यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।
यर्मिया 11:14
“यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले संकटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन म ध्यान दिँदिन।
यर्मिया 14:12
यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
जकरिया 7:13
यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, “मैले तिनीहरुलाई बोलाएँ तर तिनीहरुले उत्तर दिएनन्, यसकारण अब मलाई तिनीहरूले बोलाए पनि म तिनीहरुलाई उत्तर दिनेछैन।
मत्ती 20:22
अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”
मर्कूस 10:38
येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथ्वा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
लूका 15:13
केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
लूका 16:1
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।
याकूब 1:6
तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।
याकूब 4:1
के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,
मीका 3:4
तिमीहरुले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरुदेखि लुकाईरहनु भएकोछ। किन? किनकि तिमीहरुले नराम्रो कर्म गरेका छौ।”
अय्यूब 27:8
जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
भजनसंग्रह 66:18
मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
अय्यूब 35:12
अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन। किन? किनभने तिनीहरू साह्रै घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।