Isaiah 59 - WEB (Nepali)

1 Behold, Yahweh's hand is not shortened, that it can't save; neither his ear heavy, that it can't hear:हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ।

2 but your iniquities have separated between you and your God, and your sins have hidden his face from you, so that he will not hear.तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।

3 For your hands are defiled with blood, and your fingers with iniquity; your lips have spoken lies, your tongue mutters wickedness.तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

4 None sues in righteousness, and none pleads in truth: they trust in vanity, and speak lies; they conceive mischief, and bring forth iniquity.कसैले पनि अरूहरूको बारेमा साँचो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झुटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन अनि पापलाई जन्म दिन्छन्।

5 They hatch adders' eggs, and weave the spider's web: he who eats of their eggs dies; and that which is crushed breaks out into a viper.तिनीहरूले अनिष्ट कर्म जन्माउछन जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खायौ भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु साँप बाहिर निस्कनेछ।झूटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ।

6 Their webs shall not become garments, neither shall they cover themselves with their works: their works are works of iniquity, and the act of violence is in their hands.माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन्। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाक्न सक्दैनौ।कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन् र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्।

7 Their feet run to evil, and they make haste to shed innocent blood: their thoughts are thoughts of iniquity; desolation and destruction are in their paths.तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दर्गुन चलाउँनछ। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव एव चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

8 The way of peace they don't know; and there is no justice in their goings: they have made them crooked paths; whoever goes therein does not know peace.ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

9 Therefore is justice far from us, neither does righteousness overtake us: we look for light, but, behold, darkness; for brightness, but we walk in obscurity.सबै न्याय र धार्मिकता हराएर गयो। यहाँ हाम्रा सामु अन्धकार मात्र छ। यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ। हामी चहकिलो प्रकाशको आशा गर्दछौं तर हामी सबैमा अन्धकार मात्र छ।

10 We grope for the wall like the blind; yes, we grope as those who have no eyes: we stumble at noonday as in the twilight; among those who are lusty we are as dead men.हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँडछौ। हामी ठोकिन्दै लडछौं मानौ यो रात हो हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लडछौं।

11 We roar all like bears, and moan sore like doves: we look for justice, but there is none; for salvation, but it is far off from us.हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकालछौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन्। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।

12 For our transgressions are multiplied before you, and our sins testify against us; for our transgressions are with us, and as for our iniquities, we know them:किन? किनभने हामीले धेरै पल्ट गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।

13 transgressing and denying Yahweh, and turning away from following our God, speaking oppression and revolt, conceiving and uttering from the heart words of falsehood.हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौ। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।

14 Justice is turned away backward, and righteousness stands afar off; for truth is fallen in the street, and uprightness can't enter.न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।

15 Yes, truth is lacking; and he who departs from evil makes himself a prey. Yahweh saw it, and it displeased him who there was no justice.सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन।

16 He saw that there was no man, and wondered that there was no intercessor: therefore his own arm brought salvation to him; and his righteousness, it upheld him.परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।

17 He put on righteousness as a breastplate, and a helmet of salvation on his head; and he put on garments of vengeance for clothing, and was clad with zeal as a mantle.परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।

18 According to their deeds, accordingly he will repay, wrath to his adversaries, recompense to his enemies; to the islands he will repay recompense.परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ जसको हकदार तिनीहरू छन्। परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ। यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।

19 So shall they fear the name of Yahweh from the west, and his glory from the rising of the sun; for he will come as a rushing stream, which the breath of Yahweh drives.तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन् अनि उहाँलाई सम्मान गर्छन्। पूर्वका मानिसहरू डराउनेछन् अनि उहाँको महिमाको आदर गर्नेछन्। तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं गरी परमप्रभु झट्टै आउनु हुनेछ।

20 A Redeemer will come to Zion, and to those who turn from disobedience in Jacob, says Yahweh.तब सियोनमा मुक्तिदाता आउनेछ। उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।

21 As for me, this is my covenant with them, says Yahweh: my Spirit who is on you, and my words which I have put in your mouth, shall not depart out of your mouth, nor out of the mouth of your seed, nor out of the mouth of your seed's seed, says Yahweh, from henceforth and forever.परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।”

Nepali Bible