Isaiah 52:11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ। त्यो ठाउँ छोड। पूजाहरीहरू, तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै चीज नछोऊ जुन पवित्र छैन।
Isaiah 52:11 in Other Translations
King James Version (KJV) Depart ye, depart ye, go ye out from thence, touch no unclean thing; go ye out of the midst of her; be ye clean, that bear the vessels of the LORD.
American Standard Version (ASV) Depart ye, depart ye, go ye out from thence, touch no unclean thing; go ye out of the midst of her; cleanse yourselves, ye that bear the vessels of Jehovah.
Bible in Basic English (BBE) Away! away! go out from there, touching no unclean thing; go out from among her; be clean, you who take up the vessels of the Lord.
Darby English Bible (DBY) -- Depart, depart, go out from thence, touch not what is unclean; go out of the midst of her, be ye clean, that bear the vessels of Jehovah.
World English Bible (WEB) Depart you, depart you, go you out from there, touch no unclean thing; go you out of the midst of her; cleanse yourselves, you who bear the vessels of Yahweh.
Young's Literal Translation (YLT) Turn aside, turn aside, go out thence, The unclean touch not, go out from her midst, Be ye pure, who are bearing the weapons of Jehovah.
Read Full Chapter :
Isaiah 52
Cross Reference
2 कोरिन्थी 6:17
“यसैले ती मानिसहरूबाट निस्केर आऊ आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही नछोऊ जो असुद्ध छ अनि म तिमीरूलाई स्वीकार गर्नेछु।”
यशैया 48:20
मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।
यर्मिया 50:8
बाबेलबाट भाग। कल्दीहरूका भूमि छाडिदेऊ। बगालको अघि साँढ भेडा जस्तै होऊ।
जकरिया 2:6
परमप्रभु भन्हुन्छ, “छिट्टो उठ! अनि उत्तर देश छोड जहाँ मैले तिमीहरुलाई सबै देशहरुमा छरपष्ट पारें।”
प्रकाश 18:4
त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने“मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।
यर्मिया 51:6
बाबेलदेखि भाग। प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
एज्रा 8:25
त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।
यर्मिया 51:45
हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।
एज्रा 1:7
राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।
हाग्गै 2:13
त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”
प्रेरित 10:14
तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”
प्रेरित 10:28
उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसंग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन।
रोमी 14:14
म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।
लेवी 5:2
अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उडने प्राणीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।
1 पत्रुस 1:14
विगतमा तिमीहरुले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरुले डोर्याइएका थियौ। तर अहिले तिमीहरु परमेश्वरका आज्ञाकारी बालकहरु हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच.
1 पत्रुस 2:5
तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
1 पत्रुस 2:11
प्रिय मित्रहरु, तिमीहरु यो संसारमा प्रवासी अनि परदेशीहरु हौ। यसर्थ तिमीहरुलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरुदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरु तिमीहरुका आत्माको विरुद्ध जुझ्छन्।
एफिसी 5:11
अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ।
लेवी 10:3
त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
लेवी 11:26
“कुनै प्राणी जसको चिरिएको खुर त छ तर उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अपवित्र हो। जसले पनि यसलाई छुन्छ अशुद्ध हुन्छ।
लेवी 11:45
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
लेवी 11:47
पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।”
लेवी 15:5
यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
लेवी 22:2
“हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।
यशैया 1:16
“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!
इजकिएल 44:23
“पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन शुद्ध अनि अशुद्ध छन, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्।