Isaiah 40 - WEB (Nepali)

1 Comfort you, comfort you my people, says your God.तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।

2 Speak comfortably to Jerusalem; and cry to her, that her warfare is accomplished, that her iniquity is pardoned, that she has received of Yahweh's hand double for all her sins.यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन, “तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।” परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।

3 The voice of one who cries, Prepare you in the wilderness the way of Yahweh; make level in the desert a highway for our God.सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।

4 Every valley shall be exalted, and every mountain and hill shall be made low; and the uneven shall be made level, and the rough places a plain:प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ।

5 and the glory of Yahweh shall be revealed, and all flesh shall see it together; for the mouth of Yahweh has spoken it.तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”

6 The voice of one saying, Cry. One said, What shall I cry? All flesh is grass, and all the glory of it is as the flower of the field.एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।”

7 The grass withers, the flower fades, because the breath of Yahweh blows on it; surely the people is grass.परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ।” हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।

8 The grass withers, the flower fades; but the word of our God shall stand forever.घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”

9 You who tell good news to Zion, go up on a high mountain; you who tell good news to Jerusalem, lift up your voice with strength; lift it up, don't be afraid; say to the cities of Judah, Behold, your God!सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”

10 Behold, the Lord Yahweh will come as a mighty one, and his arm will rule for him: Behold, his reward is with him, and his recompense before him.परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ। परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि पुरस्कार ल्याउनु हुनेछ।

11 He will feed his flock like a shepherd, he will gather the lambs in his arm, and carry them in his bosom, [and] will gently lead those who have their young.गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

12 Who has measured the waters in the hollow of his hand, and meted out the sky with the span, and comprehended the dust of the earth in a measure, and weighed the mountains in scales, and the hills in a balance?कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।

13 Who has directed the Spirit of Yahweh, or being his counselor has taught him?कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्। कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।

14 With whom took he counsel, and who instructed him, and taught him in the path of justice, and taught him knowledge, and shown to him the way of understanding?के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो? के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए? के कसैले परमप्रभुलाई ज्ञान सिकायो? के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन! पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।

15 Behold, the nations are as a drop of a bucket, and are accounted as the small dust of the balance: Behold, he takes up the isles as a very little thing.हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।

16 Lebanon is not sufficient to burn, nor the animals of it sufficient for a burnt offering.लबानोनमा भएका जम्मै रूखहरूले पनि परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्। अनि लबनोनका जम्मै पशुहरू होमबलिका तिम्ति प्रशस्त हुँदैन्।

17 All the nations are as nothing before him; they are accounted by him as less than nothing, and vanity.परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्। परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।

18 To whom then will you liken God? or what likeness will you compare to him?के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।

19 The image, a workman has cast [it], and the goldsmith overlays it with gold, and casts [for it] silver chains.तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन् अनि तिनीहरूलाई देवताहरू भन्छन्। एकजना कारीगरले मूर्ति बनाउँदछ त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।

20 He who is too impoverished for [such] an offering chooses a tree that will not rot; he seeks to him a skillful workman to set up an engraved image, that shall not be moved.अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ। त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ। अनि त्यस कारीगरले “देवता” तयार पार्दछ जुन हल्लिएर लडने छैन।

21 Have you not known? have yet not heard? has it not been told you from the beginning? have you not understood from the foundations of the earth?निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र? निश्चय तिमीहरूले सुनेका छौ। निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ। निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।

22 [It is] he who sits above the circle of the earth, and the inhabitants of it are as grasshoppers; who stretches out the heavens as a curtain, and spreads them out as a tent to dwell in;परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।

23 who brings princes to nothing; who makes the judges of the earth as vanity.उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।

24 Yes, they have not been planted; yes, they have not been sown; yes, their stock has not taken root in the earth: moreover he blows on them, and they wither, and the whirlwind takes them away as stubble.ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन् तर तिनीहरूले माटोमा जराहरू हाल्नु अधि नै परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने तिनीहरू सुक्खा र मृत हुन्छन अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।

25 To whom then will you liken me, that I should be equal [to him]? says the Holy One.परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।

26 Lift up your eyes on high, and see who has created these, who brings out their host by number; he calls them all by name; by the greatness of his might, and because he is strong in power, not one is lacking.माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”

27 Why say you, Jacob, and speak, Israel, My way is hid from Yahweh, and the justice [due] to me is passed away from my God?हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”

28 Have you not known? have you not heard? The everlasting God, Yahweh, the Creator of the ends of the earth, doesn't faint, neither is weary; there is no searching of his understanding.निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।

29 He gives power to the faint; and to him who has no might he increases strength.परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

30 Even the youths shall faint and be weary, and the young men shall utterly fall:जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।

31 but those who wait for Yahweh shall renew their strength; they shall mount up with wings as eagles; they shall run, and not be weary; they shall walk, and not faint.तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।

Nepali Bible