Isaiah 26:19 तर परमप्रभु भन्नुहुन्छ “तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्, तर तिनीहरू फेरि बाँच्नेछन्। मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्। मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्! शीतले तपाईंलाई यस प्रकार छोप्नेछ जसरी नयाँ विहानको शीतमा प्रकाशका चमक हुन्छ। नयाँ समय आएको संकेत दिन्छ जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”
Isaiah 26:19 in Other Translations
King James Version (KJV) Thy dead men shall live, together with my dead body shall they arise. Awake and sing, ye that dwell in dust: for thy dew is as the dew of herbs, and the earth shall cast out the dead.
American Standard Version (ASV) Thy dead shall live; my dead bodies shall arise. Awake and sing, ye that dwell in the dust; for thy dew is `as' the dew of herbs, and the earth shall cast forth the dead.
Bible in Basic English (BBE) Your dead will come back; their dead bodies will come to life again. Those in the dust, awaking from their sleep, will send out a song; for your dew is a dew of light, and the earth will give birth to the shades.
Darby English Bible (DBY) Thy dead shall live, my dead bodies shall arise. Awake and sing in triumph, ye that dwell in dust; for thy dew is the dew of the morning, and the earth shall cast forth the dead.
World English Bible (WEB) Your dead shall live; my dead bodies shall arise. Awake and sing, you who dwell in the dust; for your dew is [as] the dew of herbs, and the earth shall cast forth the dead.
Young's Literal Translation (YLT) `Thy dead live -- My dead body they rise. Awake and sing, ye dwellers in the dust, For the dew of herbs `is' thy dew, And the land of Rephaim thou causest to fall.
Read Full Chapter :
Isaiah 26
Cross Reference
दानियल 12:2
अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।
इजकिएल 37:1
परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो।
एफिसी 5:14
अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः“जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”
होशे 13:14
“के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।
यशैया 25:8
तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
मत्ती 27:52
चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
होशे 6:2
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं।
यशैया 60:1
“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
यूहन्ना 5:28
यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।
1 थिस्सलोनिकी 4:14
हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
यूहन्ना 11:25
येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
प्रकाश 20:12
अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।
भजनसंग्रह 71:20
यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।
फिलिप्पी 3:21
उहाँले हाम्रो दुर्बल शरीर बदली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।
भजनसंग्रह 22:15
मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
होशे 14:5
म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।
प्रेरित 24:15
म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठनेछ ।
1 कोरिन्थी 15:20
तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।
1 कोरिन्थी 15:22
आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं।
फिलिप्पी 3:10
म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु।
प्रकाश 11:8
ती दुई साक्षीहरुको शरीर महान् नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्त्रदेश हो। नगरका यी नाउँहरुमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।
प्रकाश 20:5
एक हजार र्बष पूरा नहुञ्जेलसम्म अन्य मानिसहरु फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो।
उत्पत्ति 2:5
पृथ्वीमा उद्भिदहरुको उंम्रनु अघिका कुरा यही हुन्। भूमिहरुमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन। त्यहाँ उद्भिदहरु हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।
मत्ती 27:58
यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे।
जकरिया 8:12
ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।
यशैया 52:1
जाग! जाग! हे सियोन! आफै वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गरेर पवित्र यरूशेलेममा उभ! मानिसहरू जो परमेश्वरको बाटोमा हिंड्न तयार भएनन तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्। ती मानिसहरू शुद्ध र सफा छैनन्।
यशैया 51:17
जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
भजनसंग्रह 110:3
जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।
अय्यूब 29:19
म सोच्थें म स्वास्थ्य र शक्तिशाली हौं स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै अनि शीतले भिजेका हाँगाहरू जस्तो।
व्यवस्था 33:28
यसकारण इस्राएल सुरक्षित रहनेछन् अनि याकूबको इनार तिनीहरूको हुनेछ। तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन् अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
व्यवस्था 33:13
मोशाले यूसुफ विषयमा यसो भनेः “परमप्रभुले उसको भूमिमा आशिष दिऊन माथि आकाश र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।
व्यवस्था 32:2
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।