Isaiah 18 - WEB (Nepali)

1 Ah, the land of the rustling of wings, which is beyond the rivers of Ethiopia;कूश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।

2 that sends ambassadors by the sea, even in vessels of papyrus on the waters, [saying], Go, you swift messengers, to a nation tall and smooth, to a people awesome from their beginning onward, a nation that measures out and treads down, whose land the rivers divide!त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोलेबनिएका डुङ्गाहरूमा पठाइन्छ।हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्! सबै ठाउँका मानिसहरू ती अल्गा अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्। तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्। नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।

3 All you inhabitants of the world, and you dwellers on the earth, when an ensign is lifted up on the mountains, look; and when the trumpet is blown, listen.केही नराम्रो घटना तिनीहरूमाथि घट्नेछ भनी ती मानिसहरूलाई होशियार गराऊ। संसारका सारा मानिसहरूले तिनीहरूमाथि घटने घट्ना हेर्नेछन्। पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घटना देख्नेछन्। ती अग्ला मानिसहरूमाथि त्यस्तो घटना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्। युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

4 For thus has Yahweh said to me, I will be still, and I will see in my dwelling-place, like clear heat in sunshine, like a cloud of dew in the heat of harvest.परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।

5 For before the harvest, when the blossom is over, and the flower becomes a ripening grape, he will cut off the sprigs with pruning-hooks, and the spreading branches will he take away [and] cut down.सुन्दर ग्रीष्मको दिनमा, मध्यदिनको बेला मानिसहरू आराम गरिरहेका हुन्छन्। यो गर्मीको फसल काट्ने समय हुनेछ तब त्यहाँ कुनै वर्षा हुनेछैन्, खाली बिहानको शीत मात्र पर्नेछ। त्यसपछि केही डरलाग्दो घटना घट्नेछ। त्यो पहिल्यै फूलहरू फुलेको समय हुनेछ। त्यो अङ्गुर पाकेको फल हुने अनि बढने समय हुनेछ। तर बाली पाक्न अघि नै शत्रुहरू आउनेछन् अनि बुटाहरू काट्नेछन्। तिनीहरूले अङ्गुरका लहराहरू चूडँनेछन् अनि फ्याँक्नेछन्।

6 They shall be left together to the ravenous birds of the mountains, and to the animals of the earth; and the ravenous birds shall summer on them, and all the animals of the earth shall winter on them.ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।

7 In that time shall a present be brought to Yahweh of Hosts [from] a people tall and smooth, even from a people awesome from their beginning onward, a nation that measures out and treads down, whose land the rivers divide, to the place of the name of Yahweh of Hosts, Mount Zion.त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्‌याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।

Nepali Bible