Hosea 9:11 इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ।
Hosea 9:11 in Other Translations
King James Version (KJV) As for Ephraim, their glory shall fly away like a bird, from the birth, and from the womb, and from the conception.
American Standard Version (ASV) As for Ephraim, their glory shall fly away like a bird: there shall be no birth, and none with child, and no conception.
Bible in Basic English (BBE) As for Ephraim, their glory will go in flight like a bird: there will be no birth and no one with child and no giving of life.
Darby English Bible (DBY) As for Ephraim, their glory shall fly away as a bird, -- no birth, no pregnancy, no conception!
World English Bible (WEB) As for Ephraim, their glory will fly away like a bird. There will be no birth, none with child, and no conception.
Young's Literal Translation (YLT) Ephraim `is' as a fowl, Fly away doth their honour, without birth, And without womb, and without conception.
Read Full Chapter :
Hosea 9
Cross Reference
व्यवस्था 28:18
परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
होशे 4:7
तिनीहरू अंहकारी भए। मेरो विरूद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु।
होशे 9:14
हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।
होशे 10:5
सामरियाका बासिन्दाहरू बेतावनमा डराउँदै बाछाको पूजा गर्छन। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ।
व्यवस्था 33:17
यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।
अय्यूब 18:5
हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।
अय्यूब 18:18
मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
उत्पत्ति 41:52
तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”अनिकालको समय शुरू हुन्छ
उपदेशक 6:3
एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।
आमोस 1:13
परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागिअधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे।
लूका 23:29
समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।
भजनसंग्रह 58:8
तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।
उत्पत्ति 48:16
उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
उत्पत्ति 49:22
“यूसुफ अत्यन्त सफल भएको छ। यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।
व्यवस्था 28:57
त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।