Genesis 21 - DBY (Nepali)

1 And Jehovah visited Sarah as he had said, and Jehovah did to Sarah as he had spoken.परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।

2 And Sarah conceived, and bore Abraham a son in his old age, at the appointed time of which God had spoken to him.सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।

3 And Abraham called the name of his son who was born to him, whom Sarah bore to him, Isaac.साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।

4 And Abraham circumcised his son Isaac, being eight days old, as God had commanded him.परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।

5 And Abraham was a hundred years old when his son Isaac was born to him.अब्राहाम एक सय वर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो।

6 And Sarah said, God has made me laugh: all that hear will laugh with me.अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।

7 And she said, Who would have said to Abraham, Sarah will suckle children? For I have borne [him] a son in his old age.कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”

8 And the child grew, and was weaned. And Abraham made a great feast on the day that Isaac was weaned.इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए।

9 And Sarah saw the son of Hagar the Egyptian, whom she had borne to Abraham, mocking.एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।

10 And she said to Abraham, Cast out this handmaid and her son; for the son of this handmaid shall not inherit with my son -- with Isaac.साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”

11 And the thing was very grievous in Abraham's sight because of his son.यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।

12 And God said to Abraham, Let it not be grievous in thy sight because of the lad and because of thy handmaid: [in] all that Sarah hath said to thee hearken to her voice, for in Isaac shall a seed be called to thee.तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।

13 But also the son of the handmaid will I make a nation, because he is thy seed.तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। उ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”

14 And Abraham rose up early in the morning, and took bread, and a flask of water, and gave [it] to Hagar, putting [it] on her shoulder -- and the child, and sent her away. And she departed, and wandered about in the wilderness of Beer-sheba.अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।

15 And the water was exhausted from the flask; and she cast the child under one of the shrubs,केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्।

16 and she went and sat down over against [him], a bow-shot off; for she said, Let me not behold the death of the child. And she sat over against [him], and lifted up her voice and wept.तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।

17 And God heard the voice of the lad. And the Angel of God called to Hagar from the heavens, and said to her, What [aileth] thee, Hagar? Fear not; for God hath heard the voice of the lad there, where he is.परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।

18 Arise, take the lad, and hold him in thy hand; for I will make of him a great nation.जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सगँ-संगै हिंडाऊ। म उसलाई धेरै धेरै मानिसहरूको पिता बनाउनेछु।”

19 And God opened her eyes, and she saw a well of water; and she went and filled the flask with water, and gave the lad drink.परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कूवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।

20 And God was with the lad, and he grew; and he dwelt in the wilderness, and became an archer.जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसंग नै रहनु भयो। इश्माएल मरूभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।

21 And he dwelt in the wilderness of Paran. And his mother took him a wife out of the land of Egypt.उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।

22 And it came to pass at that time that Abimelech, and Phichol the captain of his host, spoke to Abraham, saying, God is with thee in all that thou doest.त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ।

23 And now swear to me here by God that thou wilt not deal deceitfully with me, nor with my son, nor with my grandson. According to the kindness that I have done to thee, thou shalt do to me, and to the land in which thou sojournest.यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”

24 And Abraham said, I will swear.अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।”

25 And Abraham reproved Abimelech because of a well of water that Abimelech's servants had violently taken away.तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।

26 And Abimelech said, I do not know who has done this, neither hast thou told me [of it], neither have I heard [of it] but to-day.तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”

27 And Abraham took sheep and oxen, and gave them to Abimelech; and both of them made a covenant.यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेडाहरू र गाई वस्तुहरू दिए।

28 And Abraham set seven ewe-lambs of the flock by themselves.अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।

29 And Abimelech said to Abraham, What [mean] these seven ewe-lambs, these which thou hast set by themselves?अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”

30 And he said, That thou take the seven ewe-lambs of my hand, that they may be a witness to me that I have dug this well.अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”

31 Therefore he called that place Beer-sheba, because there they had sworn, both of them.यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।

32 And they made a covenant at Beer-sheba. And Abimelech rose up, and Phichol the captain of his host, and returned into the land of the Philistines.यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।

33 And [Abraham] planted a tamarisk in Beer-sheba, and called there on the name of Jehovah, the Eternal ùGod.अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।

34 And Abraham sojourned in the Philistines' land many days.अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै वर्षसम्म पलिश्तीहरूको देशमा बसे।

Nepali Bible