3 John 1 - WEB (Nepali)

1 The elder to Gaius the beloved, whom I love in truth.मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।

2 Beloved, I pray that you may prosper in all things and be healthy, even as your soul prospers.मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्।

3 For I rejoiced greatly, when brothers came and testified about your truth, even as you walk in truth.ख्रीष्टमा विश्वास रहेका कोही भाइहरु आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरुले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।

4 I have no greater joy than this, to hear about my children walking in truth.जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।

5 Beloved, you do a faithful work in whatever you accomplish for those who are brothers and strangers.मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरुलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरुलाई पनि सहयोग गरिरहेछौ।

6 They have testified about your love before the assembly. You will do well to send them forward on their journey in a manner worthy of God,यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।

7 because for the sake of the Name they went out, taking nothing from the Gentiles.यी भाइहरु ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरुले ती मानिसहरुबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्।

8 We therefore ought to receive such, that we may be fellow workers for the truth.यसर्थ हामीले यस्ता भाइहरुलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरुलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरुले गरेको कार्यमा सहभागी बर्न्छौं।

9 I wrote to the assembly, but Diotrephes, who loves to be first among them, doesn't accept what we say.मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। उ सदैव तिनीहरुका नेता बन्न चाहन्छ।

10 Therefore, if I come, I will call attention to his deeds which he does, unjustly accusing us with wicked words. Not content with this, neither does he himself receive the brothers, and those who would, he forbids and throws out of the assembly.जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरुलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरु जसले भाइहरुलाई सहयोग गर्न चहान्छन् तिनीहरुलाई पनि वाधा दिन्छ अनि तिनीहरुलाई मण्डलीबाट बाहिर निकाली दिन्छ

11 Beloved, don't imitate that which is evil, but that which is good. He who does good is of God. He who does evil hasn't seen God.मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।

12 Demetrius has the testimony of all, and of the truth itself; yes, we also testify, and you know that our testimony is true.सबै मानिसहरुले डेमेत्रियसको विषयमा असल कुराहरु गर्छन्। अनि त्यो सत्य तिनीहरुले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छो। अनि तिमीहरु जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।

13 I had many things to write to you, but I am unwilling to write to you with ink and pen;मेरो तिमीहरुलाई धैरे कुराहरु भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ।

14 but I hope to see you soon, and we will speak face to face. Peace be to you. The friends greet you. Greet the friends by name.म तिमीहरुसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौ। तिमीहरुमा शान्ति रहोस्। यहाँ भएका साथीहरुले तिमीहरुलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरु हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु। 

Nepali Bible