2 Peter 3 - DBY (Nepali)
1 This, a second letter, beloved, I already write to you, in [both] which I stir up, in the way of putting you in remembrance, your pure mind,मेरा मित्रहरु, यो तिमीहरुलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरुको इमान्दारी हृदयहरुलाई केही चीजहरु सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरु लेखें।
2 to be mindful of the words spoken before by the holy prophets, and of the commandment of the Lord and Saviour by your apostles;धेरै अघि पवित्र अगमवक्ताहरुले भनेको कुराहरु तिमीहरुले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झौ जो हाम्रा प्रभु अनि उद्धारकर्त्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरुका प्रेरितहरु मार्फत दिनु भयो।
3 knowing this first, that there shall come at [the] close of the days mockers with mocking, walking according to their own lusts,तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्।
4 and saying, Where is the promise of his coming? for from the time the fathers fell asleep all things remain thus from [the] beginning of [the] creation.ती मानिसहरुले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।”
5 For this is hidden from them through their own wilfulness, that heavens were of old, and an earth, having its subsistence out of water and in water, by the word of God,तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।
6 through which [waters] the then world, deluged with water, perished.तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो।
7 But the present heavens and the earth by his word are laid up in store, kept for fire unto a day of judgment and destruction of ungodly men.अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरु अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरु विनाश गरिनेछन्।
8 But let not this one thing be hidden from you, beloved, that one day with [the] Lord [is] as a thousand years, and a thousand years as one day.यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।
9 [The] Lord does not delay his promise, as some account of delay, but is longsuffering towards you, not willing that any should perish, but that all should come to repentance.जस्तो अरु मानिसहरुले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरु प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्त्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।
10 But the day of [the] Lord will come as a thief, in which the heavens will pass away with a rushing noise, and [the] elements, burning with heat, shall be dissolved, and [the] earth and the works in it shall be burnt up.तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।
11 All these things then being to be dissolved, what ought ye to be in holy conversation and godliness,यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरुले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ।
12 waiting for and hastening the coming of the day of God, by reason of which [the] heavens, being on fire, shall be dissolved, and [the] elements, burning with heat, shall melt?तिमीहरुले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरुले त्यो दिनको आगमनको दृढतासंग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्।
13 But, according to his promise, we wait for new heavens and a new earth, wherein dwells righteousness.तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिज्ञाको प्रतीज्ञा गरिरहेका छौ। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
14 Wherefore, beloved, as ye wait for these things, be diligent to be found of him in peace, without spot and blameless;प्रिय मित्रहरु, हामी यस्तो घटना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरु प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।
15 and account the longsuffering of our Lord [to be] salvation; according as our beloved brother Paul also has written to you according to the wisdom given to him,स्मरण राख कि हामीहरु बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरु पावलले तिमीहरुलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरुलाई लेख्नु भयो।
16 as also in all [his] epistles, speaking in them of these things; among which some things are hard to be understood, which the untaught and ill-established wrest, as also the other scriptures, to their own destruction.पावलले यी कुराहरुको बारेमा उनका सबै पत्रहरुमा यस्तो लेख्छन्। उनको पत्रहरुमा केही विषयहरु बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरु ती कुराहरुलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरु अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरु नै अन्य धर्मशास्त्रहरु पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरुले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
17 *Ye* therefore, beloved, knowing [these] things before, take care lest, being led away along with the error of the wicked, ye should fall from your own stedfastness:प्रिय मित्रहरु, तिमीहरुले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरुलाई, तिनीहरुलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरु आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं।
18 but grow in grace, and in [the] knowledge of our Lord and Saviour Jesus Christ. To him [be] glory both now and to [the] day of eternity. Amen.तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
Nepali Bible