2 Peter 3 - BBE (Nepali)
1 My loved ones, this is now my second letter to you, and in this as in the first, I am attempting to keep your true minds awake;मेरा मित्रहरु, यो तिमीहरुलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरुको इमान्दारी हृदयहरुलाई केही चीजहरु सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरु लेखें।
2 So that you may keep in mind the words of the holy prophets in the past, and the law of the Lord and Saviour which was given to you by his Apostles.धेरै अघि पवित्र अगमवक्ताहरुले भनेको कुराहरु तिमीहरुले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झौ जो हाम्रा प्रभु अनि उद्धारकर्त्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरुका प्रेरितहरु मार्फत दिनु भयो।
3 Having first of all the knowledge that in the last days there will be men who, ruled by their evil desires, will make sport of holy things,तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्।
4 Saying, Where is the hope of his coming? From the death of the fathers till now everything has gone on as it was from the making of the world.ती मानिसहरुले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।”
5 But in taking this view they put out of their minds the memory that in the old days there was a heaven, and an earth lifted out of the water and circled by water, by the word of God;तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।
6 And that the world which then was came to an end through the overflowing of the waters.तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो।
7 But the present heaven and the present earth have been kept for destruction by fire, which is waiting for them on the day of the judging and destruction of evil men.अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरु अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरु विनाश गरिनेछन्।
8 But, my loved ones, keep in mind this one thing, that with the Lord one day is the same as a thousand years, and a thousand years are no more than one day.यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।
9 The Lord is not slow in keeping his word, as he seems to some, but he is waiting in mercy for you, not desiring the destruction of any, but that all may be turned from their evil ways.जस्तो अरु मानिसहरुले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरु प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्त्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।
10 But the day of the Lord will come like a thief; and in that day the heavens will be rolled up with a great noise, and the substance of the earth will be changed by violent heat, and the world and everything in it will be burned up.तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।
11 Seeing then that all these things are coming to such an end, what sort of persons is it right for you to be, in all holy behaviour and righteousness,यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरुले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ।
12 Looking for and truly desiring the coming of the day of God, when the heavens will come to an end through fire, and the substance of the earth will be changed by the great heat?तिमीहरुले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरुले त्यो दिनको आगमनको दृढतासंग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्।
13 But having faith in his word, we are looking for a new heaven and a new earth, which will be the resting-place of righteousness.तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिज्ञाको प्रतीज्ञा गरिरहेका छौ। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
14 For this reason, my loved ones, as you are looking for these things, take great care that when he comes you may be in peace before him, free from sin and every evil thing.प्रिय मित्रहरु, हामी यस्तो घटना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरु प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।
15 And be certain that the long waiting of the Lord is for salvation; even as our brother Paul has said in his letters to you, from the wisdom which was given to him;स्मरण राख कि हामीहरु बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरु पावलले तिमीहरुलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरुलाई लेख्नु भयो।
16 And as he said in all his letters, which had to do with these things; in which are some hard sayings, so that, like the rest of the holy Writings, they are twisted by those who are uncertain and without knowledge, to the destruction of their souls.पावलले यी कुराहरुको बारेमा उनका सबै पत्रहरुमा यस्तो लेख्छन्। उनको पत्रहरुमा केही विषयहरु बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरु ती कुराहरुलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरु अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरु नै अन्य धर्मशास्त्रहरु पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरुले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
17 For this reason, my loved ones, having knowledge of these things before they take place, take care that you are not turned away by the error of the uncontrolled, so falling from your true faith.प्रिय मित्रहरु, तिमीहरुले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरुलाई, तिनीहरुलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरु आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं।
18 But be increased in grace and in the knowledge of our Lord and Saviour Jesus Christ. May he have glory now and for ever. So be it.तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
Nepali Bible