2 Peter 2 - BBE (Nepali)

1 But there were false prophets among the people, as there will be false teachers among you, who will secretly put forward wrong teachings for your destruction, even turning away from the Lord who gave himself for them; whose destruction will come quickly, and they themselves will be the cause of it.विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।

2 And a great number will go with them in their evil ways, through whom the true way will have a bad name.धेरै मानिसहरु तिनीहरुले गरेका नराम्रा कुराहरु अनुसरण गर्छन्। तिनीहरुले गर्दा सत्य मार्गलाई अरु मानिसहरुले आलोचना गर्छन्।

3 And in their desire for profit they will come to you with words of deceit, like traders doing business in souls: whose punishment has been ready for a long time and their destruction is watching for them.ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।

4 For if God did not have pity for the angels who did evil, but sent them down into hell, to be kept in chains of eternal night till they were judged;जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्

5 And did not have mercy on the world which then was, but only kept safe Noah, a preacher of righteousness, with seven others, when he let loose the waters over the world of the evil-doers;अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।

6 And sent destruction on Sodom and Gomorrah, burning them up with fire as an example to those whose way of life might in the future be unpleasing to him;अनि परमेश्वरले दुष्ट नगरहरु सदोम अनि गमोराहलाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरुलाई खरानीमा परिवर्तन नहुञ्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरुलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरुमाथि उहाहरण स्वरुप उपयोग गर्नुभयो।

7 And kept safe Lot, the upright man, who was deeply troubled by the unclean life of the evil-doersतर परमेश्वरले ती नगरहरुबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरुको फोहोर जीवनको कारण तिनले कष्ट पाए।

8 (Because the soul of that upright man living among them was pained from day to day by seeing and hearing their crimes):लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरुसंग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरुमा दुखी भएको थियो।

9 The Lord is able to keep the upright safe in the time of testing, and to keep evil-doers under punishment till the day of judging;हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरुलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरुलाई कसरी अडकाउनु पर्छ।

10 But specially those who go after the unclean desires of the flesh, and make sport of authority. Ready to take chances, uncontrolled, they have no fear of saying evil of those in high places:जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।

11 Though the angels, who are greater in strength and power, do not make use of violent language against them before the Lord.सवर्गदूतहरु यी झूटा शिक्षकहरु भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरुले झूटा शिक्षकहरुलाई दोषारोपन गर्दैनन् अनि तिनीहरुको बारेमा प्रभु अघि निन्दा गर्दैनन्।

12 But these men, like beasts without reason, whose natural use is to be taken and put to death, crying out against things of which they have no knowledge, will undergo that same destruction which they are designing for others;तर यी झूटा शिक्षकहरु तिनीहरुले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरु, जंगली पसुहरु जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरु जंगली पशुहरु जस्तै नष्ट हुनेछन्।

13 For the evil which overtakes them is the reward of their evil-doing: such men take their pleasure in the delights of the flesh even in the daytime; they are like the marks of a disease, like poisoned wounds among you, feasting together with you in joy;यी झूटा शिकहरुले धेरै मानिसहरुलाई चोट पुरयाँउछन्। यसर्य तिनीहरुले पनि चोट पाउनेछन्। त्यो तिनीहरुले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरु, सबै मानिसहरु समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरु कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरुलाई खुशी पार्छ। यसर्थ तिनीहरु तिमीहरुमाझ फोहोर कलङक अनि दागहरु जस्तै हुन्। तिमीहरुसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरुलाई लज्जित तुल्याउँछ्न।

14 Having eyes full of evil desire, never having enough of sin; turning feeble souls out of the true way; they are children of cursing, whose hearts are well used to bitter envy;हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।

15 Turning out of the true way, they have gone wandering in error, after the way of Balaam, the son of Beor, who was pleased to take payment for wrongdoing;यी झूटा शिक्षकहरुले उचित मार्ग छोडेका छन् अनि तिनिहरुको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरुले त्याही मार्ग अनुसरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे।

16 But his wrongdoing was pointed out to him: an ass, talking with a man's voice, put a stop to the error of the prophet.तर एउटा गधाले बालामको कुकर्ममा ध्यानार्कषण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।

17 These are fountains without water, and mists before a driving storm; for whom the eternal night is kept in store.ती झूटा शिक्षकहरु ती पानी नभएका मुहानहरु हुन्। तिनीहरु ती मेघहरु जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरुका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ.

18 For with high-sounding false words, making use of the attraction of unclean desires of the flesh, they get into their power those newly made free from those who are living in error;ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।

19 Saying that they will be free, while they themselves are the servants of destruction; because whatever gets the better of a man makes a servant of him.ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।

20 For if, after they have got free from the unclean things of the world through the knowledge of the Lord and Saviour Jesus Christ, they are again taken in the net and overcome, their last condition is worse than their first.ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

21 For it would have been better for them to have had no knowledge of the way of righteousness, than to go back again from the holy law which was given to them, after having knowledge of it.हो, तिनीहरुलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट र्फकनु भन्दा सही मार्ग तिनीहरुले कहिल्यै नचिनेको असल हुनथ्यो।

22 They are an example of that true saying, The dog has gone back to the food it had put out, and the pig which had been washed to its rolling in the dirty earth.तिनीहरुलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।”अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न र्फकन्छ।”

Nepali Bible