2 Peter 1 - BBE (Nepali)
1 Simon Peter, a servant and Apostle of Jesus Christ, to those who with us have a part in the same holy faith in the righteousness of our God and Saviour Jesus Christ:येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।तिमी सबै मानिसहरुप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरुले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
2 May grace and peace ever be increasing in you, in the knowledge of God and of Jesus our Lord;तिमीहरुलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरुले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरुले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।
3 Because by his power he has given us everything necessary for life and righteousness, through the knowledge of him who has been our guide by his glory and virtue;येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरु छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।
4 And through this he has given us the hope of great rewards highly to be valued; so that by them we might have our part in God's being, and be made free from the destruction which is in the world through the desires of the flesh.यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरु दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरु इश्वरीय स्वभावका सहभागी होओ।
5 So, for this very cause, take every care; joining virtue to faith, and knowledge to virtue,यसकारण यी कुराहरु तिमीहरुको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरुको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।
6 And self-control to knowledge, and a quiet mind to self-control, and fear of God to a quiet mind,अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।
7 And love of the brothers to fear of God, and to love of the brothers, love itself.अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरु प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरु प्रतिको स्नेहमा प्रेम थप।
8 For if you have these things in good measure, they will make you fertile and full of fruit in the knowledge of our Lord Jesus Christ.यदि यी जन्मै कुराहरु तिमीहरुमा छन् अनि तिनीहरु वृद्धि हुँदैछन् भने यी कुराहरुले तिमीहरुलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरुले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ।
9 For the man who has not these things is blind, seeing only what is near, having no memory of how he was made clean from his old sins.तर यदि कुनै व्यक्तिसित यी कुराहरु छैन भने उसले स्पष्ट देख्न सपर्थ पुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरुबाट स्वच्छ तुल्याइएको छ।
10 For this reason, my brothers, take all the more care to make your selection and approval certain; for if you do these things you will never have a fall:मेरा भाइ-बहिनीहरु, परमेश्वरले तिमीहरुलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरु बोलाइएका हौ औ आफ्नो मानिसहरु बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरुले ती सबै कुराहरु मान्यौ भने तिमीहरु कहिल्यै ढल्ने छैनौ।
11 For so the way will be open to you into the eternal kingdom of our Lord and Saviour Jesus Christ.अनि तिमीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
12 For this reason I will be ready at all times to keep your memory of these things awake, though you have the knowledge of them now and are well based in your present faith.तिमीहरु या कुराहरु जान्दछौ। तिमीहरुसित भएका सत्यताको विषयमा तिमीहरु दृढ छौ। तर तिमीहरुलाई यी कुराहरु सम्झना गराउन म सदैव सहायता गर्नेछु।
13 And it seems right to me, as long as I am in this tent of flesh, to keep your minds awake by working on your memory;म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरुलाई यी कुराहरु सम्झाउन उचित सम्झन्छु।
14 For I am conscious that in a short time I will have to put off this tent of flesh, as our Lord Jesus Christ has made clear to me.म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।
15 And I will take every care so that you may have a clear memory of these things after my death.म जति सक्छु तिमीहरुलाई सदैव यी कुराहरु स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरु सम्झन तिमीहरु समर्थ बनी रहौ।
16 For when we gave you news of the power and the coming of our Lord Jesus Christ, our teaching was not based on stories put together by art, but we were eye-witnesses of his glory.हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।
17 For God the Father gave him honour and glory, when such a voice came to him out of the great glory, saying, This is my dearly loved Son, with whom I am well pleased.येशूले माहनतम महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।”
18 And this voice came from heaven even to our ears, when we were with him on the holy mountain.अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।
19 And so the words of the prophets are made more certain; and it is well for you to give attention to them as to a light shining in a dark place, till the dawn comes and the morning star is seen in your hearts;यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।
20 Being conscious in the first place that no man by himself may give a special sense to the words of the prophets.तिमीहरुले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणीकुनै अगमवक्तको व्याख्याबाट आएको होइन।
21 For these words did not ever come through the impulse of men: but the prophets had them from God, being moved by the Holy Spirit.किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।
Nepali Bible