1 Kings 2:6 तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ।) उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।
1 Kings 2:6 in Other Translations
King James Version (KJV) Do therefore according to thy wisdom, and let not his hoar head go down to the grave in peace.
American Standard Version (ASV) Do therefore according to thy wisdom, and let not his hoar head go down to Sheol in peace.
Bible in Basic English (BBE) So be guided by your wisdom, and let not his white head go down to the underworld in peace.
Darby English Bible (DBY) And thou shalt do according to thy wisdom, and not let his hoar head go down to Sheol in peace.
Webster's Bible (WBT) Do therefore according to thy wisdom, and let not his hoary head go down to the grave in peace.
World English Bible (WEB) Do therefore according to your wisdom, and don't let his gray head go down to Sheol in peace.
Young's Literal Translation (YLT) and thou hast done according to thy wisdom, and dost not let his old age go down in peace to Sheol.
Cross Reference
1 Kings 2:9
अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”
Genesis 42:38
तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”
Numbers 35:33
“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।
1 Kings 2:28
योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे।
2 Kings 22:20
‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै संकटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।”‘त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।
Psalm 37:37
शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
Proverbs 20:26
एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।
Genesis 9:6
“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
Ecclesiastes 8:11
कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।
Isaiah 48:22
तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”
Isaiah 57:2
तर ती मानिसहरूमा शान्ति आउनेछ अनि तिनीहरू आफ्नौ ओछ्यानमा आराम गर्नेछन्। किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।
Isaiah 57:21
“दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”
Isaiah 65:20
त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।
Proverbs 28:17
मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।