1 Chronicles 13 - WEB (Nepali)

1 David consulted with the captains of thousands and of hundreds, even with every leader.दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे।

2 David said to all the assembly of Israel, If it seem good to you, and if it be of Yahweh our God, let us send abroad everywhere to our brothers who are left in all the land of Israel, with whom the priests and Levites are in their cities that have suburbs, that they may gather themselves to us;तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।

3 and let us bring again the ark of our God to us: for we didn't seek it in the days of Saul.करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।”

4 All the assembly said that they would do so; for the thing was right in the eyes of all the people.यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यसो गर्नु नै उचित हुनेछ।

5 So David assembled all Israel together, from the Shihor [the brook] of Egypt even to the entrance of Hamath, to bring the ark of God from Kiriath Jearim.यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।

6 David went up, and all Israel, to Baalah, [that is], to Kiriath Jearim, which belonged to Judah, to bring up from there the ark of God Yahweh that sits [above] the cherubim, that is called by the Name.दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। बालाहा, किर्यत यारीमको अर्को नाउँ हो। तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।

7 They carried the ark of God on a new cart, [and brought it] out of the house of Abinadab: and Uzza and Ahio drove the cart.मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।

8 David and all Israel played before God with all their might, even with songs, and with harps, and with psalteries, and with tambourines, and with cymbals, and with trumpets.दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।

9 When they came to the threshing floor of Chidon, Uzza put forth his hand to hold the ark; for the oxen stumbled.तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए।

10 The anger of Yahweh was kindled against Uzza, and he struck him, because he put forth his hand to the ark; and there he died before God.परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे।

11 David was displeased, because Yahweh had broken forth on Uzza; and he called that place Perez Uzza, to this day.परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।

12 David was afraid of God that day, saying, How shall I bring the ark of God home to me?दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।”

13 So David didn't move the ark to him into the city of David, but carried it aside into the house of Obed-edom the Gittite.यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे।

14 The ark of God remained with the family of Obed-edom in his house three months: and Yahweh blessed the house of Obed-edom, and all that he had.करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।

Nepali Bible